१०८ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण ०३ , ०६:०१ बजे

जोखिमबाट फर्केका किशोरी तालीमबाट बने स्वरोजगार

Image

महेन्द्रनगर, ३ साउन । कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो ।

बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

‘कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, बेदकोट, भीमदत्तनगर र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका किशोरीलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाई तालीम दिएर दक्ष बनाएका छौँ’ं, संयोजक भट्टले भनिन् ।

एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उनले बताए । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उनको भनाइ छ ।
सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ । ‘जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ’, उनले भने, ‘पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।’


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।