७८९ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण ०३ , ०५:४१ बजे

माधव कलौनीको दोहोरो पोष्टमार्टम, अझै शव बुझेनन् आफन्तले

Image

–भुवन भट्ट
महेन्द्रनगर, २ साउन । भारतमा उपचारका क्रममा मृत्यु भएका माधव कलौनीको पोष्र्टमार्टम रिपोर्ट बिहीबार कञ्चनपुर प्रहरीले प्राप्त गरेको छ । गत असार २४ गते भारतको राममुर्ति अस्पतालमा उपचारका क्रममा कलौनीको मृत्यु भएपछि उनको शब परीक्षण भारतमै गरिएको थियो । प्रहरीले नौ दिनपछि बिहीबार उक्त रिपोर्ट प्राप्त भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले भारतबाट ल्याईएको पोष्र्टमार्टम रिपोर्टको विश्वसनीयता जाँचका लागि अञ्चल अस्पतालमा पनी पोष्टमार्टम भईरहेको जानकारी दिए ।

भारतबाट रिपोर्ट आएको तर उक्त रिपोर्टको सत्यापनका लागि महाकाली अञ्चल अस्पतालमा पुनः पोष्र्टमार्टम भइरहेको उनले जानकारी दिए ।

भारतबाट प्राप्त रिपोर्टमा के उल्लेख गरिएको छ भन्ने विषयमा भने प्रहरीले स्पष्ट खुलाएको छैन् । निरीक्षक भट्टले रिपोर्टको अध्ययन गर्न बाँकी रहेको बताउँदै अञ्चल अस्पतालमा पनि पोष्टमार्टम भइरहेकाले दुवै रिपोर्टलाई मिलाईने बताए । प्रहरीले पोष्र्टमार्टमको रिपोर्ट आफूले पाउन अझै केहि दिन लाग्ने बताएको छ ।

मृतकका आफन्त भने घटनाको वास्तविक दोषीलाई कारबाही नगरुञ्जेल शव नउठाउने अडानमा छन् । माधवको मृत्यु भएको एक साताभन्दा बढी बितिसक्दा समेत मृतकका आफ्न्तले शव बुझेका छैनन् । प्रहरीले पोष्र्टमार्टम रिपोर्ट पश्चात कलौनी मृत्यु प्रकरणको वास्तविकता बाहिर आउने बताएको छ ।

भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत कलौनी माथि तीनजना शिक्षकले कुटपिट गरेको आरोप लाग्दै आएको छ । मृतकका परिवारले ५ जना बिरुट दर्ता गराएको मुद्दाका आधारमा तीन शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहिले हिरासतमा रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरा, प्रधानाध्यापक यशोदा जोशी , शिक्षकत्रय लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पिडित परीवारको उजुरीका आधारमा प्रहरीले हिरासतमा राखेको छ । गत असार २६ गते उनीहरु बिरुद्ध मद्दा दायर गरी एक हप्ता म्याद थप गरिएको थियो । प्रहरीले उनीहरु माथि अनुसन्धान भइरहेको बताएको छ । एक हप्ता दिईएको म्याद सकिएको बताउँदै निरीक्षक भट्टले अनुसन्धान जारी रहेकाले नयाँ आदेश नआउञ्जेल उनीहरु थुनामा रहने बताएका छन् ।

विद्यालयमा कलौनी माथि शिक्षकहरु मिलेर निर्घात कुटपिट गरेको मृतकका आफन्तको दावी छ ।


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।