२८४८ पटक हेरिएको
प्रकाशित: २०७६ आषाढ १७ , १४:१४ बजे

बेहोस बनाएर जब सुरेन्द्रलाई नपुंषक बनाइयो

Image

–भुवन भट्ट
महेन्द्रनगर, १७ असार । कामको खोजीमा भारत गएका एक युवक ३ वर्षपछि घर फर्के तर बेलिंगी बनेर । विश्वास गर्नुस् यो सत्य घटना हो । त्यो पनि कञ्चनपुर जिल्लाको । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका एक वासिन्दाको जीवन नै फेरिएको छ । कक्षा १२ को परीक्षा दिएर आफ्ना वुवासँग भारतको हरिद्वार गएका २४ वर्षीय सन्तोष माल ३ वर्षपछि हालसालै बेलिंगी भएर फर्केका हुन् ।

कसरी बने सुरेन्द्र बेलिंगी उनकै शब्दमा आधारित यो विवरण,
२०७२ साउनमा कामका लागि भारत छिरेका सुरेन्द्रले केही वर्ष वुवासँगै हरिद्वारमा काम गरिरहे । एक दिन एकाएक उनी कोठाबाट हराए । उनलाई ३ पटक भेट गरका एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर चण्डिगढ लगे । उनलाई ६ महिनासम्म एउटा अनौठो घरमा काममा लगाईयो । त्यो घरमा तेश्रो लिङ्गी मात्रै बस्थे । उनी केही समयपछि त्यहाँबाट भाग्न सफल त भए तर उनी सधैंका लागि भाग्न सफल भएनन् । उनी हरिद्वार पर्किएको केही दिनमैं उनीमाथि आक्रमण भयो । उनले ६ महिना काम गरेको घरका मालिक सलीम भन्ने ईलियासले उनीमाथि आक्रमण गराएका थिए ।

उनको आक्रमण सामान्य थिएन । राति १२ बजे उनीमाथि आक्रमण गरिएको थियो । उनलाई हरिद्वारबाट चन्नीगढ पुगाइयो । चन्नीगढमा उनलाई १ महिना कुनै तनाव दिईएन् । उनी खुसीले नै काम गरिरहेका थिए । तर, एक महिनापछि हैजाको महामारी फैलिएको भन्दै औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै उनी बेहोस भए । उनी लगातार ५ दिनसम्म बेहोस भए उनलाई बेहोसीमैं लिंग सहित शारीरीक बनावट नै परिवर्तन हुने औषधि शरीरमा पु¥याइएको रहेछ । उनी चकित थिए, आफ्नो लिंग र शरीरमा आइरहेको परिवर्तन देखेर । त्यसपछि उनी विस्तारै सुरेन्द्रबाट प्रियामा रुपान्तर हुँदै गए ।

उनले केही महिनापछि मात्रै आफ्नो हार्मोन प्रणालीमैं आक्रमण गरेर शारिरीक परिवर्तन ल्याइएको थाहा पाए ।
उनलाई दुई वर्षसम्म बन्धक जस्तै बनाईएको थियो । उनलाई तेस्रोलिंगीको समूहमा सामेल गराइयो । उनले विवाह, ब्रतबन्ध तथा अन्य  समारोहमा नाच्ने काम गर्नुपथ्र्यो । आफूले कमाएको एक चौथाई मात्रै उनी पाउँथे ।
उनलाई भारतकै जम्मु पनि लगियो । त्यहाँ उनले आफ्ना मालिक इलियासको छोरा नइमलाई भेटे । नइमले सुरेन्द्रलाई प्रिया बनाईनु भन्दा पहिले पनि भेटेका थिए । नईमले उनलाई त्यहाँबाट भाग्न सहयोग गरे । नइमकै सहयोगमा उनी गत चैत १२ गते कञ्चनपुरको वाणीस्थित आफ्नो घरमा पुगे । आफ्नो शारिरीक बनावटमा परिवर्तन भई पुरुषमा हुनुपर्ने गुण हराएर गएको सुरेन्द्रले मानसखण्डलाई बताए ।

उनलाई समाज तथा परिवारले भने स्वीकारेको छैन् । घरमा पुगेको केहि दिनपछि भारतबाट नईम पनि वाणी पुगेका छन् । घरपरिवारले नस्विकारेपछि उनले आईतबारदेखि नईम र प्रियालाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ । नईमले सुरेन्द्रको जिन्दगी नर्क बनाउने आफ्ना वुवा इलियासलाई कडा कार्वाहीको माग गरेका छन् ।


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।