२३१६ पटक हेरिएको
प्रकाशित: २०७५ चैत्र १४ , १०:५८ बजे

निर्मला हत्याकाण्ड : अदालतले दिएको संकेत

Image

–मानसखण्ड
महेन्द्रनगर, १४ चैत । निर्मला हत्याकाण्डको अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरी यातना दिएर अपराध स्वीकार गराएको सरकारी दावीलाई अदालतले गम्भीरतापूर्वक लिएको देखिएको छ । कञ्चनपुर प्रहरीको तत्कालिन नेतृत्व र सकेन्द्रीय जाँच ब्यूरोले हिरासतमा लिई अपराधीका रुपमा अदालतमा पेश गरेका दिलिप विष्टलाई यातना दिइएको भन्दै दायर मुद्दामा अदालत बढी गम्भीर देखिएको हो ।

दिलिपका दाजु खडक विष्टको जाहेरीमा प्रहरीले अनुसन्धानपछि तत्कालिन एसपी डिल्ली विष्ट, निलम्बित डिएसपी ज्ञानबहादुर सेटी, अनुसन्धान अधिकृत एकेन्द्र खड्का र सीआइबीका डिएसपी अंगुर जीसीविरुद्ध मुद्दा दायर गरेको गरेको थियो ।

विष्ट, खड्का, जिसी र भट्टसहित अरु चारजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको जाहेरी दिएकी थिइन् । उनको जाहेरीका आधारमा प्रहरीले आठजना विरुद्ध प्रमाण नष्टको अभियोगमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।

दुबै मुद्दाको प्रारम्भिक सुनुवाईका क्रममा अदालतले आठैजनालाई धरौटीमा रिह ागर्न आदेश दिएको छ । आदेशका क्रममा अदालतले प्रमाण नष्टमा भन्दा यातना दिएको मुद्दामा धेरै धरौटी माग गरेको छ । यसबाट अदालतले दिलिपसिंह विष्टलाई यातना दिएको दावीलाई प्रमाण नष्ट गरेको दावीभन्दा गम्भीर रुपमा लिएको कानुन व्यवसायीहरुको विश्लेषण छ ।

हाल वर्खास्तीमा परेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञान बहादुर सेठी, प्रहरी निरिक्षक एकेन्द्र खड्का र सिआईबीका डिएसपी अंगुर जिसीलाई हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको अभियोगमा दुई मुदा दायर भएको थियो ।

यातना सम्बन्धी मुद्दामा तत्कालिन एसपी विष्ट लाई ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी रिहा भएको थिए भने सेठी र जिसी तथा प्रहरी निरीक्षक खड्के यातनामा पाँच लाख र प्रमाण नष्टमा चार लाख धरौटी अदालतमा बुझाएर रिहा भएका छन् ।

जीसी १० लाख धरौटीमा रिहा
निर्मला हत्याकाण्डको अनुसन्धानको सिलसिललामा निर्दोषलाई यातना दिएको र दोषी पक्राउ पर्न सक्ने प्रमाण नष्ट गरेको सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाई पूरा भएको छ । निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडक विष्टको जाहेरीमा नेपाल सरकारले आरोपित गरेका आठैजनालाई धरौटी लिएर मुद्दा चलाउने अदालतको आदेशपछि प्रारम्भिक सुनुवाई पूरा भएको हो ।

दुबै मुद्दाका अभियुक्त केन्द्रीय अनुसन्धान
व्युरो (सीआइबी)का निलम्बित डिएसपी अंगुर जीसी नौ लाख धरौटीमा रिहा भएका छन् । यसअघि तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टबाहेक अन्य ५ प्रहरीकर्मीलाई धरौटीमा रिह ा गर्न अदालतले आदेश दिएको थियो ।

थुनछेक बहस समाप्त भएर आठैजना धरौटीमा रिहा भए पनि प्रमाण नष्ट र यातना सम्बन्धमा अदालतको सुनुवाई जारी रहने छ । प्रतिवादीका वकिलहरुले आठजना विरुद्ध मुद्दा चलाउन नहुने जिकिर गरे पनि कञ्चनपुर जिल्ला अदालतले भारी धरौटीमा छोडेर आठैजनाविरुद्ध मुद्दा चलाउन बाटो खोलेको हो ।

निलम्बित डिएसपी जिसी पक्राउ पुर्जी आदेश गरिएको १५ दिनपछि सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका थिए । प्रमाण नष्ट र यातनाको अभियोग लागेको जिसी नौ लाख धरौटीमा राखेर बुधबार नै रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीस डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले बुधबार यातनामा पाँच लाख र प्रमाण नष्ट गरेको अभियोगमा चार लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट लगायत आठ प्रहरीमाथि सरकारी वकिलको कार्यालयले गत फागुन २२ गते प्रमाण नष्ट र यातनाको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

डिल्ली विट प्रमुख अभियुक्त इंगित
वर्खास्त्मिा परेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले आफू जिल्लाकै प्रहरी प्रमुख भएकाले निर्मला हत्याकाण्डमा आफ्नो दोष नरहेको जिकिर अदालतमा गरे पनि अदालतले उनलाई नै प्रमुख अभियुक्त इंगित गरेको छ । विष्टले अदालतमा आफ्ना सहकर्मीहरुको टाउकाृमा दोष थोपर्ने प्रयास गरे पनि अदालतले उनलाई सबैभन्दा धेरै धरौटी तोकेर प्रमुख अभियुक्त इंगित गरेको हो । वर्खास्त एसपी विष्टले अदालतमा आफूले अन्य सहकर्मीलाई जिम्मेवार।ी दिएको भन्दै अदालतमा आफूमासिथका अभियोगबाट बच्न खोजेका थिए । तर, अदालतले उनका कुनै पनि जिकिरको वास्ता नगरी आठजनामध्ये सबैभन्दा धेरै धरौटी तोकेको थियो ।


About Author
-खेम भण्डारी