१०२१ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २९ , १२:१३ बजे

लिज घोटाला : अदालतद्वारा गैरकानुनी १४ लालपूर्जा बदर, यी हुन् नक्कली पूर्जाधारी !

Image

– भूवन भट्ट
महेन्द्रनगर, २९ फागुन । महेन्द्रनगर नगरविकास समितिले प्रक्रिया बिपरीत जारी गराएका १४ वटा जग्गाधनी प्रमाणपूर्जा तत्काल खारेज गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ ।

नगरविकास समितिले विंस।२०६९ माघ १० गते प्रक्रिया मिचेर जिल्ला वन कार्यालय आसपास क्षेत्रमा १४ जनालाई लालपुर्जा सहित जमिन दिएको भन्दै भिमदत्तनगरपालिका–१८ सिद्धटोलवासीहरुले दिएको रिटमा अदालतले त्यस्तो आदेश जारी गरेको हो ।

एकल तोकका आदेशका आधारमा बाँडिएको जमिन बदर गरिपाउँ भनि भिमदत्तनगर–१८ सिद्ध टोलका यज्ञराज भट्ट, डा।भोजराज पन्त, सान्ता भण्डारी, रवी जोशी लोकराज पन्त र नवराज जोशीले गत वैसाखमा जिल्ला अदालत कञ्चनपुरमा रिट दायर गरेका थिए ।

रिट उपर सुनुवाई गर्दे जिल्ला अदालत कञ्चनपुरले ती लालपूर्जा बदर गर्न नगरविकास समितिलाई आदेश दिएको कानुन व्यवसायी प्रकाश पाठकले जानकारी दिए ।

नगर विकास समितिले वि।स।२०६९ माघ १६ गते स्थानिय पवित्रा दमाई लाई १ सय ४० वर्ग मिटर , चन्द्रसिंह धामि लाई ८० वर्ग मिटर, कर्णबहादुर चन्द ४० वर्गमिटर, आरती ढाटलाई ४० वर्ग मिटर , निर्मला बमलाई ४० वर्ग मिटर, कमल सिङ बिष्ट ४० वर्ग मिटर , सुर्दशन साह ४० मिटर , माधवी भट्ट ४० , योगीता बोहरा ४० वर्ग मिटर , भोजराज ओझा ४५ वर्ग मिटर , धनराज जोशी ४० वर्ग मिटर, मदनबहादुर चन्द ४० वर्ग मिटर, मन्सु कुमारी अबस्थी ७० वर्ग मिटर सहितका १४ जनालाई गैरकानुनी तरिकाले लालपूर्जा दिन मालपोत कार्यालयमा लेखिपठाएको थियो ।

सहित भिमदत्तस्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले लामो सँघर्ष पछि अदालतले पक्षमा फैसलासुनाएको प्रति खुसि व्यक्त गरे । अनेक व्याधाव्यवधान आएपनि आफूहरुको संघर्षले १४ जनालाई ंअबैध रुपमा दिईएको जमिन फिर्ता भएको उनले बताए । उनले जिल्ला अदालतमा रिट हाल्दा कुनै प्रतिक्रिया नआएपछि अख्तीयार दुरुपयोग अनुशन्धानको केन्द्रीय कार्यालय टङ्गालमा हुलाक मार्फत रिट हालेपछि फैसला सुनिएको बताए । उनले भिमदत्तनगरपालीका क्षेत्रमा नगरबिकास समितिले अबैधरुपमा बाडेको अर्बौको जमिन खारेजीको लागि पनि संघर्षमा उत्रने बताएका छन् ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।