१५०१ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २६ , २१:२३ बजे

निर्मला हत्याकाण्ड : ३५ बुँदा जसका आधारमा डिल्ली विष्टसहितका अभियुक्तले उम्कने चान्स छैन !

Image

–खेम भण्डारी
महेन्द्रनगर, २६ फागुन । निर्मला हत्याकाण्ड सेलाउँदै गइरहेको थियो । राज्यको महत्वपूर्ण अंग सरकारले समेत यो हत्याकाण्ड दबाउन भरपूर कोशिष गरिरहेको सर्वत्र अभुभूति भइरहेको थियो । हतयाकाण्डसँग जोडिएको पात्रहरु पत्रकारसम्मेलन नै गरेर आफूलाइ महात्मा गान्धी दावी गरिरहेका थिए । सर्वत्र निराषा व्याप्त थियो, निर्मलाको बलात्कारपछिका भएको हत्याले नेपालको अदालती प्रणालीमा प्रवेश नै नपाउने हो कि भन्ने व्यापक चिन्ता थियो । एक प्रकारले सिंगो समाज डिप्रेसनको अवस्थाबाट गुज्रिरहेको थियो, न्याय हराएको देश बन्न थालेको थियो नेपाल ।

तर, गत साता नेपाल सरकारले निर्मला हत्याकाण्डको विषय अदालत लैजाने पहल गर्‍यो । हत्यारा अदालत लैजान नसके पनि सरकारी वकिल मार्फत् हत्याकाण्डलाई अदालतमा लग्यो । निर्मला हत्याकाण्डका लगभग सबै प्रमाण मेटाउने र नक्कली अभियुक्त खडा गर्ने प्रपञ्चमा सामेल भएका ८ प्रहरी अधिकारीविरुद्ध परेको जाहेरीलाई सत्य मान्दै सरकार स्वयंले ती ८ प्रहरीलाई अदालतमा अभियुक्तका रुपमा खडा गर्ने काम गर्‍यो । आठमध्ये ६ जना कानुनी दायरामा भए पनि तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय जाँच  ब्यूरोबाट खटिएका अंगुर जिसी फरार छन् । उनीहरुको फरारीले ठूलै सन्देश दिएको छ । र, उनीहरुलाई फेरि पनि बचाउन ठूलै कसरत हुन सक्ने सम्भावना छ । तर, अदालती प्रक्रियामा प्रवेश गरिसकेको प्रकरणमा सरकारको नियन्त्रण दाववमूलक हुन सक्दैन किनभने न्याय निरुपणको तहगत व्यवस्था छ ।

निर्मलाकी आम दुर्गादेवी र नक्कली अभियुक्त बनाउन खोजिएका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीमा ३ महिना अनुसन्धान गरी प्रहरी स्वयं मुद्दा दर्ताका लागि तयार भएको हो । यो मुद्दा सरकारवादी भएकाले अब कुनै व्यक्तिको इच्छाका आधारमा फिर्ता वा सुनुवाईबाट हट्ने सम्भावना रहेन । प्रमाण मेटाएको र यातना दिएको कोणबाट अदालत प्रवेश गरेको भए पनि निर्मला हत्याकाण्ड अदालतमा पुगेको छ । यो मुद्दामा बहस चर्कदै जाँदा हत्याकाण्डको प्रमुख कोण अर्थात हत्यारा पहिचान पनि नजिकिने देखिन्छ ।

अदालतमा तत्कालिन एसपी डिल्ली विष्टसहितका आठ प्रहरीविरुद्ध निर्मला हत्याकाण्डका प्रमाण मेटाएको अभियोग दर्ता भएको छ । नेपाल सरकारले दर्ता गरेका यी अभियोगको प्रतिवाद गर्दै अभियुक्त पक्षका वकिलहरुले नष्ट भएका प्रमाण ‘मानवीय त्रुटी’ भएको दलिल पेश गर्ने पूरापूर सम्भाना छ । मानवीय त्रुटीका कारण एक दुईटा त्रुटी हुन सक्छन् तर निर्मला हत्याकाण्डमा चाहिने जति सबै प्माण कि नष्ट छन् कि बिकृत । र, त्यो काम प्रहरीबाट मात्रै भएको छ ।

प्रहरीकर्मको तीन दशक बिताएर सेवानिवृत्त हुन लागेका तत्कालिन एसपी डिल्ली विट र उनको टिमले एक दुईवटा गल्ती गरेको भए सामान्य मान्न सकिन्थे तर हत्याकाण्डको अनुसन्धानमा आवश्यक शतप्रतिशत प्रमाण नष्ट हुने अवस्था उत्पन्न गर।ाइयो । यसलाई कसरी सामान्य मानवीय त्रुटी भन्न मिल्छ रु पेशाको हिसाबले भेटेरान मानिएका अधिकारीहरुबाट लगभग सबै प्रमाण नष्ट हुने अवस्था  कसरी बन्यो भन्ने मूल प्रश्नमा अभियुक्तहरुका वकिलहरुले ध्यान दिन जरुरी छ ।

निर्मला हत्याकाण्ड भएकै दिन अर्थात १० साउनदेखि नै प्रहरीकै अग्रसरतामा प्रमाण मेटाउने काम भएको छ । र, यो काण्डमा अदालती तथा फरेन्सिक हिसाबले आवश्यक एउटा पनि प्रमाण साबुत राखिएको छैन । प्रहरीकै दायित्वमा रहे पनि ती सबै प्रमाण कि नष्ट भएका छन्, कि गिजोलिएका छन् । प्रस्तुत छ फेहरिस्त :
१– १० साउन बेलुका पटक–पटक खबर गर्दा पनि  प्रहरीले ध्यान दिएन । राति सालघारी बिटका असई रामसिंह धामी तयार भएर बम दिदिबहिनीको घर जान खोज्दा उनलाई रोकियो ।

२–बालिका हराएको सूचना पाएर पनि जिल्ला प्रहरी कार्यालयले खोजतलासमा कुनै चासो दिएन । बरु सालघारी बिटका इन्चार्जलाई राति बाहिर ननिस्कन आदेश दिइयो ।

३– ११ साउनमा स्थानीयले साइकल र कापीकिताब पाएको खबर गरेको एक घण्टापछि मात्रै प्रहरी घटनास्थल पुग्यो । र, घटनास्थल (उखुबारी)मा खोजतलासका लागि बाटो हिंड्र्दै गरेका मान्छेलाई समेत लगेर घटनास्थल क्षतविक्षत बनाइयो । 

४–लास पाइएपछि निर्मलाको शरीर धाईयो । उनको शरीरमा पाइने सक्ने बलात्कारीका रौं, बीर्य र अन्य प्रमाण धोएर फ्याकियो ।

५– लास पाइएपछि त्यसलाई त्यही छोडेर प्रहरी फर्कियो । केही समयपछि फेरि प्रहरी फर्कियो ।

६– अम्बाको पोलिथिन, कापी–किताब सुरक्षामा लिइएन ।

७– पोष्टमार्टममा पनि लापरवाही गरियो । निर्मलाको शरीरमा भएका  वस्त्रको सुरक्षा गरिएन ।

९– मुचुृल्काहरु फर्जी खडा गरियो । १२ साउनमा मात्रै नेपाल आएका निर्मलाका बुवाको दस्तखत ११ साउनको कागजमा गराइयो ।

१०– भजाइनल स्वाब संकलन, सुरक्षा र सम्प्रेषणको आधारभूत सिद्धान्त नै पालना गरिएन ।

११– निम्बुखेडाको सडकमा हिंडिरहेका दीपक नेगीलाई लास खोज्न लगियो, जब उनले लास देखे उनलाई नै हिरासतमा लिइयो । केही पर भेटिएका जीवन घर्तिमगरलाई पनि तत्काल नियन्त्रणमा लिइयो ।

१२– दीपक र जीवनलाई वास्तविक अपराधी बनाएर गृहमन्त्रीबाट संसदमा बोल्न लगाइयो ।

१३– निर्मलाको अन्त्येष्ठि अत्यन्त चलाखीपूर्वक गरियो । अचानक गरियो ।
१४– प्रहरीले अपराधी खोज्ने क्रममा चक्रदेव वडूलाई समात्यो । तर, उनी पछि रिहा भए ।

१५– महेन्द्रनगरको सीसीटीभी क्यामेरा नेटवर्क ध्वस्त गराइयो ।

१६– होटेल ओपेराको सीसीटीभी नेटवर्कको डाटा पनि ध्वस्त भयो ।

पछि थाहा भयो,
१५– निर्मलाको भजाइनल स्वाबबाट लिइएको डिएनएको उल्टो नमुनाका आधारमा दर्जनौंको डिएनए जाँचको नाटक गरियो ।

१६– विशेषज्ञ जाँचबाट प्रहरीले बलात्कारी पहिचान हुन नसक्ने गरी डिएनएको नमुना लिएको खुल्यो ।

१७– निर्मलाको मृत्युको कारण झुण्ड्याएर हुन सक्ने प्रशस्त प्रमाण भेटिए पनि त्यतातिर ध्यान दिइएन ।

१८– पोष्टमार्टममा संलग्न चिकित्सकहरुलाई तत्काल सरुवा गरेर तितरबितर गरियो ।

आश्चर्यजनक कुरा
१९– निर्मला अन्तिम पटक देखिएको बम दिदीबहिनीको घरमा हप्तौं बित्दा पनि सर्च गरिएन । बरु अम्बाको रुख काटिएको विषय र बमदिदीबहिनीको संलग्नताबारे एसपी डिल्ली विष्ट बचाउको तर्क दिन थाले । बम दिदीबहिनीलाई विशेष सुरक्षा दिन थालियो ।

२०– वडा प्रहरी कार्यालयको मातहतको क्षेत्रमा १० साउनदेखि नै इलाका प्रहरी कार्यालय गड्डाका इन्चार्जलाई चलखेल गर्न लगाइयो । सिआइबीको सहजकर्ताका रुपमा पनि उनैलाई नियुक्त गरियो । अंगुर जिसीलाई उनै सईको इण्डियन प्लेटको कारमा घुमाइयो र पाहुनाको जस्तै सत्कार गरियो ।

२१– घटनास्थलमा कुकुर परिचालन गर्न सकिने अवस्था ९नभिजेका कापीकिताब र अम्बाको पोलिथिन० भए पनि कुकुर परिचालन गरिएन ।

२२– दिलिप विष्टलाई अपराधी बनाउन ठूलै कसरत प्रहरीले नै गर्‍यो ।

२३– चक्र वडूलाई अपराध स्वीकार गराउन विभागीय प्रयास गरियो ।

२४– बम दिदीबहिनीलाई सेधपुछ गर्न हप्तौं आनाकानी गरियो । उनीहरुलाई प्रहरीले ठूलै छुट दिएको जनगुनासोकै कारण आन्दोलन भड्कियो ।

२५– तत्कालिन एसपी डिल्ली विष्टले बम दिदीबहिनीलाई अनुसन्धानको घेरामा ल्याउन नसकिने सर्वदलीय सर्वपक्षीय बैठकमैं दावी गरे । उनले निर्मला त्यही घरबाट हराएकी भन्ने सत्य बिर्सेर बैठकमा दिदीबहिनीको वकालत गरे ।

२६– दिलिप विष्टलाई अभियुक्त बनाउने प्रयास विरुद्ध उठेको आन्दोलनमा गैरकानुनी तरिकाले गोली चलाइयो ।

पछि,
२७– प्रदीप रावल र विशाल चौधरीलाई फसाउन खोजियो ।

२८– होटल ओपेराको कथित वर्थडे पार्टीका विषयमा कुनै अनुसन्धान भएन ।

२९– भजाइनल स्वाबबाट डिएनएको नमुना उल्टो लिइउको प्रमाणित भए पनि त्यसलाई सुल्टो पार्ने काम अहिलेसम्म थालिएको छैन ।

३०– बर्खास्तीमा परेका एसपी डिल्ली विष्टले मिडियामा ‘समय आएपछि सब खोल्छु’ भनेको तर्फ ध्यान दिइएको छैन ।

३१– धरौटी राखेर अदालतको तारेखमा छुटेकी बबिता बलमे आफूलाई निर्दोष भन्दै पत्रकार सम्मेलन गर्दा अदालतलाई प्रभावित गर्न खोजेको तर्फ अदालतकै ध्यान गएको छैन ।

र, अति महत्वपूर्ण
३२– निर्मला अन्तिम पटक देखिएको बम दिदीबहिनीको घरको खानतलासी कहिल्यै लिइएन ।
३३– किरण विष्टको फर्जी जन्मदिनको विषय कुनै पनि अनुसन्धानको विषय बनेन ।
३४– ओपेरा होटलको फोटोसुटमा संलग्न व्यक्तिमध्ये एक महिनौं बाँके जिल्लामा लुकेर बसेको विषयलाई गम्भीरतासाथ लिइएन ।
३५– डिल्ली विष्टले आफूलाई निर्दोष सावित गर्न भाषणवाजी त गरे तर वर्खासती विरुद्ध कुनै कानुनी उपचारको बाटो हिंडेनन् ।


About Author
-खेम भण्डारी