९७२ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १६ , १३:०४ बजे

मेयरहरुले आलटाल गरिरहँदा अदालतको हस्तक्षेप

Image

- मदन गिरी
महेन्द्रनगर, १६ असोज । कञ्चनपुरका छाडा चौपायाको समस्या रहेको स्थानीय तहलाई १५ दिनभित्रमा त्यसको व्यवस्थापन गर्न उच्च अदालत दिपायलको महेन्द्रनगर ईजलासले आदेश जारी गरेको छ ।

अधिवक्ता गजेन्द्रबहादुर रावलले २४ जनालाई विपक्षी बनाएर आईतबार हालेको रिट निवेदनमा महेन्द्रनगर ईजलासले कारण देखाउ आदेश जारी गरेको हो । महेन्द्रनगर ईजलासका शाखा अधिकृत प्रकाश भट्टले स्थानीय तहको जिम्मेवारी अन्र्तगत गर्ने छाडा चौपाया व्यवस्थापनका लागि विपक्षीको नामका कारण देखाउ आदेश जारी गरिएको बताए । महेन्द्रनगर ईजलासका न्यायाधीश पवन कुमार शर्माको एकल ईजलासले सोमबार उक्त फैसला गरेको हो ।

ईजलासले गाई राष्ट्रिय जनावर भएको र छाडा रुपमा छोडिएका चौपायाले सडकमा दुर्घटना तथा विभिन्न रोगको जोखिम बढ्दै गईरहेकोले त्यसको व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहलाई आदेश दिएको हो ।

छाडा चौपाया व्यवस्थापन स्थानीय तहको कर्तव्य भित्र पर्ने महेन्द्रनगर ईजलासको ठहर छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्रमा छाडा चौपायाका समस्या भोगिरहेको कञ्चनपुरका पाँच वटा स्थानीय तहलाई आदेश जारी भएको हो । रिट निवेदकले स्थानीय तहसँग वडा कार्यलयलाई पनि विपक्षी बनाएको छ ।


About Author
-मदन गिरी