१५५५६ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र २६ , १४:१० बजे

 मिलेन दिलिपको डीएनए, आजै रिहा हुने सम्भावना

Image

महेन्द्रनगर, २६ भदौ । निर्मला पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीउनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको छ ।

अत्यन्त विश्वसनीय स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले दिलिपको डीएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ । सो रिपोर्टबारे जिल्ला अदालतलाई समेत जानकारी गराइसकिएको स्रोतको भनाई छ ।

डीएनए नमिलेपछि दिलिपलाई आजै साँझसम्म सरकारी वकिल कार्यालयबाट तारेखमा छोड्ने सम्भावना रहेको स्रोतको भनाई छ ।

बम दिदीबहिनीलाई पनि तारेखमा छोड्ने सम्भवना रहेको बताइएको छ ।


About Author
-मानसखण्ड