१८६१ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र १५ , ०९:०६ बजे

निर्मला हत्याकाण्ड : विविध घटना

Image

दिलिप विष्टको म्याद थप
निर्मंला हत्याकाण्डका आरोपित दिलिप विष्टलाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला अदालत अञ्चनपुरले अभियुक्त विष्टलाई थप अनुसन्धानका लागि बिहीबार म्याद थप गरेको हो ।

कञ्चनपुरका डिएसपी एवं प्रहरी प्रवक्ता कृष्णराज ओझाले विष्टमाथि अुनसन्धान चलिरहेकोले एक हप्ता म्याद थप गरिएको बताए । मानसिक सन्तुलन गुमाएका भनिएका विष्टको मानसिक अवस्था चेकजाँचका लागि काठमाडौँ शिक्षण अस्पताल भर्ना गरिएको छ । कानुन अनुसार उनको मानसिक अवस्था निर्धारण गर्नुपर्छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले अभियुक्त उपस्थित हुन नसक्ने अवस्था रहेमा अदालतले म्याद थप गर्न सक्ने प्रावधान रहेको बताए । उनले अभियुक्त विष्टको मानसिक अवस्थाम ठीक भए नभएको
परीक्षणका लागि अस्पताल भर्ना गरिएको बताए ।

भीमदत्त नगरपालिका १८ बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई घटनाको मुख्य अभियुक्त भन्दै भदौ ४ गते प्रहरीले सार्वजनिक गरेको थियो ।

बम दिदीबहिनिको बयान लिईदै
निर्मला हत्याकाण्डकन सूत्र मानिएका बम दिदीबहिनीबाट बयान लिने काम भईरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले प्रहरी नियन्त्रणमा रहेका भीमदत्त नगरपालिका २ का बविता बम र रोशनी बमबाट बयान लिने कार्य सुरु भएको बताए ।

उनका अनुसार घटनामा बम दिदीबहिनीको संलग्नता भए नभएको अनुसन्धान गर्न उनीहरुबाट बयान लिन थालिएको हो । हत्याकाण्ड बारे नयाँ तथ्य फेला नपरेको र सुक्ष्म तरिकाले अनुसन्धान भईरहेको एसपी कडायतको भनाई छ ।

हटयो कफ्र्यु
निर्मला हत्याकाण्डको विषयलाई लिएर आन्दोलन चर्कीदैँ गएपछि महेन्द्रनगर बजार क्षेत्रमा लागाईएको कफ्र्यु पूर्ण रुपमा हटाईएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जिल्लाको अवस्था शान्तिपूर्ण बन्दै गएकाले बिहीबारबाट कफ्र्यु पूर्ण रुपमा हटाईएको बताए ।

नेपाल महिला संघले तीज कार्यक्रम नगर्ने
नेपाली कांग्रेस निकट नेपाल महिला संघ कञ्चनपुरले विगतका वर्षहरुमा मनाउँदै आएको तीज विशेष कार्यक्रम यसपालि नमनाउने निणर्य गरेको छ । संघले गत साउनमा भीमदत्त नगरपालिका–२ की १३ वर्षिया निर्मलाको बलात्कारपछि विभत्य हत्या गरिएको घटनाको शोक मनाउन यसपालि तीजको कार्यक्रम नगर्ने जनाएको हो ।
त्यस्तै आन्दोलनका क्रममा सन्नी खुनाको ज्यान गएकोमा शोक मनाउन पनि महिला संघले तीज कार्यक्रम नगर्ने निर्णर्य गरिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बम दिदीबहिनीको पनि म्याद थप
निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।
यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो । म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ । दिलिपको मानसिक स्वास्थयको अवस्था विशेषज्ञहरुबाट प्रमाणित नभएसम्म उनलाई अभियोग लगाउन कठीन हुने भएकोले छानविन समितिले सो कदम उठाएको बताइएको छ ।


About Author
-मानसखण्ड