१५२९७ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र १४ , ०८:५५ बजे

निर्मला हत्याकाण्ड : प्रहरीले यसरी मेटायो प्रमाण (भीडीओ)

Image

–मानसखण्ड
महेन्द्रनगर, १४ भदौ । निर्मला पन्तको शव पाइएलगत्तै उनको शरीर र घटनास्थलबाट प्रमाण मेटाउन थालिएको खुलासा भएको छ । मानसखण्डलाई प्राप्त एक भिडियोमा ११ साउनमा प्रहरी शव पाइएको स्थलमा पुग्नेवित्तिकै प्रमाण नष्ट गर्ने काम सुरु भएको प्रमाणित भएको छ । पत्रकार पुष्कर भट्टले प्रहरी शव पाइएको स्थलमा पुगेपछि खिचेको भिडियोमा प्रहरी सामु निर्मलाको मृत शरी पखालिएको देखिन्छ । हातमा सेता पञ्जा लगाएकी एक महिलाले डिएसी ज्ञानबहादुर सेटीकै अगाडि निर्मलाको शवबाट ट्राउजर झिकेकेी छन् । उनले त्यो ट्राउजर धोएर निर्मलाको गुप्तांग छोपेकी छन् ।

प्रहरीको यो व्यवहार आश्चर्यजनक हो । प्रहरीकै सामुन्ने निर्मलाको गुप्तांग पखाल्नु, उनको एक खुट्टामा अल्झेको ट्राउजर खोलेर धुनु अनुसन्धानको दृष्टिले आश्चर्यजनक हो । भिडिओमा साउन ११ गते भीनपा १८ निम्बुखेडाको उखुबारीमा निर्मलाको शव पाइएपछि सादा पोशाकका प्रहरीले शवको शरीरबाट संकलन गर्न सकिने प्रमाण नष्ट गरिरहेको देखिएको हो ।

डिएसपी सेटी त्यो भिडियिो फुटेजमा प्रष्ट देखिएका छन् । उनीसँगै अनुहार प्रष्ट देखिने एक जना इन्स्पेक्टर र एकजा सई बर्दीमैं पनि छन् । एकजना इन्स्पेक्टर भने सादा पोशाकमा छन् । सादा पोशाककी ती महिला प्रहरीकर्मीले फोहर लुगा धोएझैं निर्मलाको शरीरबाट निकालेको ट्राउजर धुँदा पनि सेठी र त्यहाँ उपस्थित अरु प्रहरी अधिकृतले रोकटोक गरेका छैनन् । यसअघि निर्मलाको गुप्तांगमा पानी छर्केर धुँदै गरेको दृश्य पनि फुटेजमा छ ।

बलात्कारपछिको हत्याको घटनामा शवको शरीरबाट कपडा झिकेर धुनुलाई सामान्य मान्न सकिंदैन । यो फुटेज हेर्दा निर्मलाको शरीरमा भएको प्रमाण मेटाउन खोजेको प्रष्ट हुन्छ । त्यसरी धुँदा निर्मलाको ट्राउजरमा भएको बीर्य वा अन्य प्रमाण नमेटिएको भन्न सकिदैन ।

मानसखण्डले त्यो भिडियो इन्टरनेटमा सुरक्षित गरिसकेको छ । मानसखण्डको आधिकारिक यूट्यूब च्यालमा सातवटा फुटेज राखिएको छ । ठूलो फाइलका कारण अपलोडमा समस्या हुने भएकोले टुक्रा गरेर राखिएको हो ।

भीडीओ हेर्न यी लिंक क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=vsC0WejNhcE

https://www.youtube.com/watch?v=OTCbjV6aTco

https://www.youtube.com/watch?v=gWl5gLhtJdM


About Author
-मानसखण्ड