१४९२६ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ११ , २१:५५ बजे

निर्मला हत्याकाण्ड : पाँच हजार फेसबुक आकाउन्ट छानबिनमा

Image

मदन गिरी
महेन्द्रनगर, ११ भदौ । निर्मला हत्या काण्डको बारेमा शंकास्पद अभिव्यत्ति फेसबुकवालमा लेख्ने पाँच हजार प्रयोगकर्ता उच्च स्तरिय छानबिन समितिको दायरामा आउने भएका छन् । उच्च स्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीका अनुसार आफ्नो फेसबुकवालामा घटनासँग जोडिएका शंकास्पद अभिव्यक्तिले लेख्ने प्रयोगकर्तालाई साईबर क्राईम विभागसँगको सहकार्य कार्य छानबिन गरिने छ ।

निर्मला हत्याकाण्डलाई जोडेर शंकास्पद अभियुक्तको बारेमा टिप्पणी गर्नेलाई सोधपुछ गरिने छ । साथै उनीहरुले कुन आधारमा फेसबुकमा अभिव्यक्ति दिएका हुन् भन्ने पनि सोधिने छ ।

हत्याकाण्डको अनुसन्धानका लागि घटनास्थलको अनुगमन लगायत सम्बन्ति निकायसँग छलफल भईरहेको उनले बताए ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले विभिन्न कोणबाट घटनाको अनुसन्धान भईरहेको बताए । उनले बम दिदीबहिनीलाई नियन्त्रणमा लिई बयान लिने र अन्य शंकास्पद पक्षको सुक्ष्म तरिकाले अनुसन्धान भईरहको बताए ।

छानबिन समितिसँग कैलालीबाट निर्वाचित संघीय सांसद् लेखराज भट्टले भेटघाट गरेका छन । उनले सोमबार जिल्ला प्रशासनका कार्यालयमा उच्च स्तरीय छानबिन समितिसँग घटनाबारे जानकारी लिएका हुन् । भट्टले मृतक निर्मला र सन्नी खुनाको परिवारसँग पनि भेटघाट गरेका छन् ।


About Author
-मदन गिरी