२६६१७ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०९ , १०:३४ बजे

बम दिदीबहिनी पक्राउ

Image

मानसखण्ड
महेन्द्रनगर, ९ भदौ। प्रहरीले निर्मला हत्याकाण्डमा सूत्रका रुपमा रहेका बम दिदीबहिनीलाई पक्राउ गरेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयको स्रोतका अनुसार रोशनी बम र अनिता बमलाई आज बिहान पक्राउ गरिएको हो । उनीहरुको घर सिल गरी अनुसन्धान गर्ने तयारीमा पनि प्रहरी रहेको बताइएको छ ।

उनीहरुको गिरफ्तारीलाई आजबाट औपचारिकता दिइएको हो । अहिलेसम्म उनीहरु सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमैं राखिएका प्रहरी स्रोतको भनाई छ ।

साउन १० गते निर्मला पढ्न भनेर उनीहरुको घर गएपछि फेरि देखिएकी थिइनन् । आन्दोलनकारीको मुख्य माग उनीहरुको गिरफ्तारी र अनुसन्धान नयाँ सिराबाट गर्नुपर्ने रहेको छ ।

बम दिदीबहिनीको संलग्नता बारे यो लिंक क्लिक गर्नुहोस्


About Author
-मानसखण्ड