२९१०० पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०७ , १६:५१ बजे

तिमी जित्दैछौ निर्मला  !

Image

सीडीओ, एसपी, डीएसपी झिकिए, तीन डीआइजीसहितको छानविन समति महेन्द्रनगर आउँदै, भोलिसम्म संसदीय समिति पनि बन्ने, करफ्यू नलाग्ने सम्भावना

-मानसखण्ड
महेन्द्रनगर, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेटीलाई तत्काल जिम्मेवारी मुक्त गरी काठमाडौं झिकाइएको छ । उनीहरुको ठाउँमा सक्षम अधिकारी पठाउन छलफल भइरहेको समेत सांसद निरु पालले बताएकी छन् ।

सांसद पालका अनुसार सरकारको उक्त निर्णय सम्बन्धित व्यक्तिहरुलाई पठाउने काम सुरु गरेको छ ।

सरकारको यो निर्णयसँगै निर्मला हत्याकाण्डको अनुसन्धान फेरि हुने भएको छ । अब आउने सीडीओ तथा प्रहरी अधिकारीहरुले बम दिदीबहिनीहरुबाट अनुसनधान सुरु गर्ने गरी कार्यादेश दिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

सरकारले आन्दोलनकारीको मुख्य माग सम्बोधन गरेकोले महेन्द्रनगरमा लगाउने भनिएको कर्फू पनि नलाग्ने सम्भावना बढेको छ ।

सांसद पालका अनुसार उच्च अधिकारीको नेतृत्वमा सीआइबीको नयाँ टोली पनि आउने mभएको । साथै गृहमन्त्रालयका सहसचिव हरि मैनालीको ३ डीआइजी र प्रदेशको आन्तरिक मामिला हेर्ने उपसचिव समेतको पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको प्रधानमन्त्री कार्यालयमैं रहेका नेकपा नेता राजेन्द्रसिंह रावलले बताए ।

सांसद पालका अनुसार निर्मला हत्याकाण्ड सम्बन्धमा भोलिसम्म संसदीय छानविन समिति पनि कञ्चनपुर पठाउने तयारी भइरहेको छ । सभामुख कृष्ण्बहादुर महरा यस सम्बन्धमा सकारात्मक रहेका उनले बताइन् ।

 


About Author
-मानसखण्ड