१३७९ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ३१ , १३:५५ बजे

प्रदेश–७ को नाम र स्थायी राजधानी तोक्न यस्तो कसरत

Image

– मदन गिरी
महेन्द्रनगर, ३१ साउन । प्रदेश सरकार बनेको लामो सयम बितिसक्दा पनि नामाकरण र राजधानीको विषयमा कुनै टुङ्गो लाग्न सकेको छैनन् । जनचासो बढ्दै गए पनि प्रदेश–७ को नामाकरण र स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।

प्रदेशको नामाकरणका सुझाव दिन प्रदेशसभाले बनाएको कार्यदलको मंगलबार सकिएको म्याद भने एक साता थपिएको छ । छलफल पूरा नभएकाले म्याद थप भएको प्रदेश नामाकरण तथा राजधानी सिफारिस गर्ने कार्यदलका संयोजक तारालामा तामाङले बताए । उनका अनुसार राजधानी र नामाकरणका विषयमा सरोकारवालासँग छफलफ गरी राय लिने काम भईरहेको छ ।

थपिएको एक हप्तामा छलफल पूरा गरी निर्णयमा पुग्ने उनको भनाई छ ।

राजधानी र नामाकरणका विषयमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास भईरहेको र नभए प्रदेशसभामा मतविभाजन गरी टुंग्याइने तामाङको भनाई छ ।

प्रदेशसभा सदस्य प्रकाश रावलले प्रदेशको नामका लागि सेती महाकाली, कञ्चन खप्तड, सुन्दर सुदूरपश्चिमलगायत चर्चामा रहेका छन् भने राजधानीका लागि धनगढी, अत्तरिया, डडेल्धुरा र डोटीको नाम चर्चामा रहेको बताए ।

अर्का प्रदेश सभासदस्य मान बहादुर सुनारले नामाकरणका विषयमा केही विवाद भए पनि राजधानी तराईमा राख्ने अधिकांश प्रदेशसभा सदस्यको मनसाय रहेको बताए ।

उनका अनुसार धनगढीमा भौतिक पूर्वाधार रहेको भन्दै अधिकांश प्रदेशसभा सदस्य धनगढीकै पक्षमा रहेका छन् । बाहिरी रुपमा आफ्नो निर्वाचन क्षेत्रलाई पायक पर्ने भनिरहे पनि अधिकांश सदस्य तराईकै पक्षमा रहेको सुनारको कथन छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संसद दिपकप्रकाश भट्टले कैलाली र कञ्चनपुरलाई जोड्ने गरी राजधानी बनाउनु पर्ने र नामाकरण पहाडी क्षेत्रको प्रतिनिधित्व हुने गरि राख्न सुझाएका छन् । उनले सेती–महाकाली, कञ्चन खप्पड, अपिखप्पड लगायतका नाम प्रदेश नामाकरणका लागि प्रस्ताव भईरहेको बताए ।

 


About Author
-मानसखण्ड