१२३५ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २३ , ११:२४ बजे

निर्मला हत्याकाण्ड : आन्दोलन नरोकिने

Image

मानसखण्ड
महेन्द्रनगर, २३ साउन । निर्मला हत्या काण्डलाई लिएर भईरहेको आन्दोलन मंगरबार पनि जारी रहेको छ । मृतक पन्तको हत्यारा पत्ता नलागेसम्म आन्दोलनका जारी रहने आन्दोलनकारी महिलाले बताएका छन् ।

महिला अधिकारकर्मी लक्ष्मी मल्लले घटना घटेको लामो समय वितिसक्दा पनि प्रहरीले हत्यारा सार्वजनिक नगरेका कारण आन्दोलन जारी रहने बताईन् ।

मंगलबार स्थानीय महिला तथा अधिकारकर्मीले यातायात बन्द गर्नु का साथै भीमदत्त नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका छन् । तर मूल गेटमा लगाईएको ताला लगत्तै प्रहरीले ताला तोडेका जनाईएको छ ।
अधिकारका लागि अग्रिम बन्दका कार्यक्रम घोषणा एक गर्ने र बीचमै आएर एकाएक तालाबन्दी गर्ने भन्दै नगरपालिकाले प्रहरीलाई ताला तोड्न लगाएको हो ।

आन्दोलनकारी महिलाले जिल्ला समन्वय समिति कञ्चनपुरको दोस्रो सभा चलिरहेका बेला प्रदेशका मन्त्री, सभासद एव जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दवाव दिनका लागि गेटमै ब्यानर झुण्डाएर धर्ना दिएका थिए ।

आन्दोलनकारीले मंलबार पनि हत्यारालाई सार्वजनिक गरेर फाँसीको माग अघि सारेका थिए । निर्मलाका अभिभावक सहित आएका अधिकारकर्मी एव स्थानीयले आन्दोलन जारी राख्ने जनाएका छन् ।


About Author
-मानसखण्ड