२४९६ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २३ , ११:२१ बजे

सबैले गाईगोरु लखेटिरहेका बेला कताबाट आए यी युवा ?

Image

-मानसखण्ड
महेन्द्रनगर, २३ साउन । सबैतिरबाट छाडा चौपाया लखेट्दै सडकमा पुर्‍याउने चलन बढीरहेका बेला महेन्द्रनरगरका केही युवा भने उदाहरणीय काममा जुटेका छन् । भीमदत्त नगरपालिका– ६ ऐठपुरका भूपेन्द्रराज जोशीको नेतृत्वको समूहले विभिन्न किसिमको चोटका कारण सडकमा छटपटाई रहेका चौपायाको उपचारमा लागेको छ ।

जोशी नेतृत्वको समूहले गाई बचाउ अभियान अन्र्तगत सडकमा चोट टकले घाईते तथा घाउ खटिरा भएका गाईहरुको उपचार गरिरहेको छ ।

जोशीका अनुसार दुर्घटनामा पनि शरिरमा घाउ भएका गाईहरुको उपचार गरिरहेको बताए । विभिन्न दुर्घग्ना परी घाईते चौपायाको जिउमा घाउ भई किरा परेको पाईएको उनको भनाई छ । जिउमा घाउ भएका चौयापाको फोहरका कारण घाउमा किरा परेका उनको भनाई छ ।

जिल्लाको पश्चिमी सीमाना गड्डाचौकीदेखि दैजीसम्म सडक किनारमा रहेका घाइते तथा खोरेत रोग लागेका चौपायाको उपचारका लागि गत असार २८ गतेबाट अभियान थालिएको जोशीले बताए ।

जोशीले गौप्रेमीको सहयोग र आफ्नै लगानीमा चौपायाको घाउ सफा गर्ने र किरा मार्ने औषधि लगाउने तथा घाउ सुकाउन एन्टीवाटिक प्रयोग गरिरहेका छन् ।

अहिलेसम्म राजमार्ग क्षेत्रको गड्डाचौकीदेखि भाँसीसम्म एक सय भन्दा बढी चौपायाको उपचार गरिसकेको जोशीले बताए । उनका अनुसार चौपायाको उपचारमा केही प्राविधिक जनशक्ति सहित स्थानीय विद्यार्थीको सहयोगमा अभियान सञ्चालन भईरहेको छ ।

 


About Author
-मानसखण्ड