५८८ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १८ , ११:५० बजे

विश्वविद्यालयमा नेविसंघको ‘फ्रेन्डली फाइट’

Image

- भुवन भट्ट
साउन, १८ महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा देउवा र पौडेल पक्ष निकटका कार्यकर्तावीच झडप भएको छ । बिहीबार नेविसंघको आन्तरिक विवादमा झडप हुँदा ५ जना घाईते भएका छन् ।

विश्वविद्यालयमा नेविसंघबीच लामो समयदेखि भागबण्डाको विषयमा कुरा नमिल्दा झडप भएको नेविसंघका एक नेताले बताए । झडपमा परी रामचन्द्र पौडेल पक्ष निकटका कार्यकता घाईते भएको बताईएको छ ।

नेविसंघ कञ्चनपुरका एक कार्यकर्ताले क्याम्पस कमिटी गठनका लागि देउवा र पौडेल पक्षधरलाई दोहोरो जिम्मेवारी दिईएकोले आन्तरिक विवाद सुरु भएको बताए । क्याम्पस कमिटी गठनका लागि केन्द्रीय कमिटीले देउवा निकटका दिवान चन्द तथा पौडेल निकटका राजेश पन्त र हिक्मत खड्कालाई जिम्मेवारी दिईएको नागेश पन्तको भनाई छ ।

दुई पक्षलाई क्याम्पस कमिटी गठनको जिम्मा दिईएकोले विवाद हुँदै आएको थियो । पन्तका अनुसार देउवा पक्षका चन्दको सम्पर्कबाट आएका करिब १५ –२० जनाको समूहले उनीसहित अन्य ५ जना पौडेल निकट विद्यार्थीमाथि आक्रमण गरेका थिए ।

घाईते हुनेमा पौडेल निकटका राजेश पन्त, हिक्मत खड्का ,नन्दकिसोर निरौला, लोचन कार्की र पुरन धामी रहेका छन् । उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार पछि घर पठाईएको छ ।

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल भुपेन्द्र बिष्टले स्थिति नियन्त्रण भन्दा बाहिर रहेकाले आफूले कुनै पनि कदम चाल्न नसकेको स्वीकार गरेका छन् । उनका अनुसार कांग्रेसभित्रको विवादका कारण झडप भएको हो ।

पौडेल पक्षका नागेश पन्तले पार्टीसँग दोषीलाई कारवाहीको माग राखिएको बताउँदै संगठनमा लागेर संरक्षण मिल्नुको साटो उल्टै आफूलाई निरुत्साहित पारिएको प्रति गम्भिर आपत्ति जनाएका छन् । उनले दोषीलाई कारवाहीका लागि प्रंहरीमा उजुरी गरिएको बताए ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।

सम्बन्धित