६२२ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १७ , ०९:३१ बजे

सुदूरका उद्यमीको कालंगा दुई वर्षमा पूरा हुने

Image

मानसखण्ड
महेन्द्रनगर, १७ साउन । बझाङको सानिगाड र कालंगा जल विद्युत आयोजनाको निर्माण कार्य तीव्र रुपका अगाडी बढेको छ । स्थानीय अगुवा बिरेन्द्रबहादुर मल्लको चम्किलो बझाङ् बनाउने लक्ष्यका साथ निर्माण भईरहेको उक्त जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाईएको छ ।

७५ मेगावाट क्षमतायुक्त उक्त जल विद्युत आयोजनाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको कालंगा/सानिगाड हाईड्रो प्राईभेट लिमिटेडका सञ्चालक तीर्थराज चटौतले जानकारी दिए ।

उनका अुनसार माछापुच्छ्रे बैंक, एन.एम.बि तथा सिविल बैंकको ऋण लगानी तथा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहारा, तीर्थराज चटौत, बिरेन्द्रबहादुर मल्ल लगायतका प्रदेश–७ का उद्यमीका निजी लगानीमा निर्माण भईरहेको आयोजना दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिईएको छ । आयोजनाले निर्माण पश्चात सात नम्बर प्रदेशको उर्जा विकासको मेरुदण्डका रुपमा रहने विश्वास लिईएको छ ।


About Author
-मानसखण्ड