६२८ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १६ , १२:०७ बजे

यस्तो काम गर्दैछन् कृष्णपुरका मेयर !

Image

–मानसखण्ड
महेन्द्रनगर, १६ साउन । कृष्णपुर नगरपालिदकाले गत आर्थिक वर्षमा नगरका विभिन्न विकास निर्माण आयोजना सम्पन्न गरेको छ । नगरपालिकाले दीगो विकास रणनीतिअनुसार पहिलो वर्ष आधारभूत आवश्यकतासँग जोडिएका साना तर महत्वपूर्ण योजनाबाट काम थालेको देखिएको छ ।

नगरपालिकाले राजमार्ग समेत अध्यारो हुने समस्या हल गर्न नगरपालिका भित्रपर्ने पूर्वपश्चिम राजमार्गका बजार क्षेत्रमासडक सौर्य बत्ती जडान गरेको छ ।

नगरपालिकाले कञ्चनपुरकै प्रवेशद्वार गुलरियामामा ५४ फिट अग्लो राधाकृष्ण मूर्तिसहित नगर उद्यानको निर्माण थालेको छ । यसबाट कनवआगन्तुकलाई कञ्चनपुर प्रवेशको आभाष हुने नगर प्रमुख कर्ण हमालले बताए ।

नगरपालिकाले पूर्वपश्चिम राजमार्ग सँग जोडिएका मूल सडकमा कालोपत्रे प्रारम्भ गरेको छ । चरणवद्ध रुपमा सबै सडक कालोपत्रे गरिने बताइउको छ । गत आर्थिक वर्षमा नगरपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ । त्यसै गरी नगर कार्यपालिका कार्यालय भवन निर्माण पनि प्रारम्भ गरिएको छ ।

नगरपालिकाभित्र रहेका क्याम्पसहरुमा भवन निर्माणका लागि काम थालिएको छ भने नगरपालिकालाई आवश्यक पर्ने २६ वटा ऐन, नियम, नियमावली एवम् कार्यविधिको निर्माण गरि राजपत्रमा प्रकाशित गरिएको मेयर हमालले बताए । त्यसै गरी विभिन्न विद्यालयहरुका भवन निर्माण तथा दलित÷उत्पीडित एवम् विपन्न वर्गको जीवनस्तर उकास्न विभिन्न सिपमूलक एवम् जनचेतनामूलक कार्यक्रम पनि नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको छ ।

त्यस्तै नगरको विकासका लागि आवधिक गुरुयोजना बनाइएको छ । नगरपालिकाले आफ्ना योजनाहरु सस्तोमा निर्माण गर्न टिप्पर र ट्याक्टर खरिद गरेको छ ।

स्थानीयजनतालाई आवतजावतमा सुविधा दिन सबै बाटोमा ग्राभेल हाल्ने र कल्भर्ट निर्माण गर्ने काम भएको नगरपालिकाले बताएको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका माध्यामिक विद्यालय तथा नगरपालिका र वडा कार्यालयहरुमा विद्युतीय हाजिरी मसिन जडान गर्ने काम पनि गत वर्ष सुरु गरिएको बताइउको छ ।

स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले आँखा शिविर चलाउनुका सार्थै सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन, खोप केन्द्र भवन निर्माण गरेको छ । कृषिमा पनि नगरपालिकाले पर्याप्त ध्यान दिएको दावी गरिएको छ । गत वर्ष नगरपालिकाले कृषि पकेट, ब्लक विकास कार्यक्रम, प्रागांरिक मल, कृषियन्त्र, साना सिँचाई र बाख्रापालनमा अनुदान दिएको नगरपालिकाबाट प्राप्त विवरणमा उल्लेख छ ।


About Author
-मानसखण्ड