१६४ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०३ , १२:५५ बजे

महेन्द्रनगर ईजलासमा ८० प्रतिशत मुद्दा फछर्यौट

Image

– मदन गिरी
महेन्द्रनगर, ३ साउन । आर्थिक वर्ष २०७४ / ७५ मा उच्च अदालत दिपायलको महेन्द्रनगर ईजलासले ८० प्रतिशत मुद्दा फर्छयौट गरेको छ । गत आर्थिक वर्षमा पाँच सय मुद्दा दर्ता भएकोमा चार सय १९ मुद्दा फछर्यौट भएको महेन्द्रनगर ईजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले बताए ।

उनका अनुसार इजलासको कार्यक्षेत्र रहेको कञ्चनपुर जिल्ला अदालतमा नौ सय ६९ मुद्दा दर्ता भएकोमा सात सय ६९ मुद्दा फछर्यौट भएका छन् । त्यस्तै डडेल्धुरामा एक सय पाँच मुद्दामा ८१, बैतडीमा ९६ मा ७७ र दार्चुलामा एक सय छ मुुद्दा दर्ता भएकोमा ८० मुद्दा फर्छयौट भएका छन् ।

त्यस्तै वाणिज्य ईजलासतर्फ ४२ मुद्दा दर्ता भएकोमा ३४ मुद्दा फर्छयौट भएका जनाईएको छ । महेन्द्रनगर ईजलासमा दुई वर्ष नाघेको एक तथा डेढ वर्ष नाघेका दुईवटा मुद्दा मात्रै बाँकी रहेका मुख्य न्यायाधीश आचार्यको भनाई छ । उनका अनुसार नेपाल सरकारले वि.स. २०८० सम्ममा दुई वर्ष नाघेका सबै मुद्दा फर्छयौट गरी सक्ने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षमा ईजलासले लगतबाट २२ करोड २२ लाख ९६ हजार तथा फछर्यौटबाट एक करोड ५८ लाख ८३ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको बताइएको छ ।

 

 


About Author
-मदन गिरी