९१ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २८ , १०:१० बजे

दोधारा–चाँदनीका मेयरको गुनासो : सहयोग भएन

Image

–मदन गिरी
महेन्द्रनगर, २८ असार । स्थानीय तहमा सरकार बनेको एक वर्षको अवधिमा माहाकाली नगरपालिकालाई कर्मचारीबाट असहयोग मिलेको छ । नगर प्रमुख बीरबहादुर सुनारले अपेक्षाकृत रुपमा धेरै काम भई रहे पनि कतिपय काममा कर्चचारीबाट असहयोग भएको उनको गुनासो गरे ।

अन्य सबै पक्षबाट नगरको विकास निर्माणका योजनामा सहयोग भईरहेको बताउँदै नगर प्रमुख सुनारले भने, ‘आन्तरिक तथा बाह्य कर्मचारीबाट केही अवरोध भईरहेको भएपनि काम अपेक्षाकृत रुपमा नै भईरहेको छ, नगरको विकासका लागि स्थानीय वासिन्दा तथा जनप्रतिनिधि एकजुट छौँ ।’

‘योजना अगाडि बढाउँदा कर्मचारीले विभिन्न बहानामा अवरोध गर्छन,’ मेयर सुनारले भने, ‘कतिपय विषयमा नीति निर्माण नभएकोले पनि हुनसक्छ ।’

स्थानीय सरकार बनिसकेपछिको आफ्नो प्रमुख मुद्दा नगरपालिकामा विद्युत परिपूर्ति तथा स्तरन्नोत्ति रहेको उल्लेख गर्दै मेयर सुनारले विद्युत कार्यालयले उक्त योजना विफल बनाई दिएको बताए ।

विद्युत कार्यालयले नगरपालिकाले ट्रान्सफर्मर खरिद गरेपछि मात्रै विद्युत पोल र तार दिने भने पनि अहिलेसम्म नदिएको नगर प्रमुख सुनारको गुनासो छ । विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रले बजेट अभावमा पोल र तार उपलब्ध गराउने नसक्ने जनाएको छ ।

माहाकाली नगरपालिकामा एक वर्षको अवधिमा सडक कालोपत्रे तथा ग्राभिल बाहेक अन्य गतिलो योजनाले गति लिन सकेका छैनन् । नगर प्रमुख सुनारका अनुसार नगरपालिकामा चालु आर्थिक वर्षमा सात वटा सकड कालो पत्रे गरिएका छन् भने पाँचवटा सकड निर्माणको चरणमा रहेका छन् ।

५० भन्दा बढी सकडमा ग्राभिल गरिएको मेयर सुनारको कथन छ । आगामी आर्थिक वर्षमा नगरलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य र विद्युतको समस्या समाधानको लागि सबै जनप्रतिनिधि एकमत भएर योजना बनाई अघि बढ्ने नगर प्रमुख सुनारको उद्घोष छ ।

 


About Author
-मानसखण्ड