१५४१ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २६ , १४:१२ बजे

चार सन्तानकी आमा यौनतृप्तिमा लागेपछि......

Image

महेन्द्रनगर, २६ असार । भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा मंगलबार बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् । शव र घटनास्थलको प्रकृतिबाट उनको नृशंस हत्या गरिएको देखिन्छ ।

दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भुजेलामा जग्गा अँधियामा लिएर बस्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् । शवको तस्विर प्रशासनयोग्य छैन । मृतकको टाउको च्यापिएर गदी छताछुल्ला भएको छ भने हातमा हाड देखिने गरी गहिरो चोट लागेको छ । घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिए ।

शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल ल्याइएको छ । प्रहरीले मृतककी पत्नि र एक व्यक्तिलाई नियन्त्रण लिएको बताइएको छ । मृतककी पत्नि चार सन्तानकी आमा हुन् । यो घटना यौन सम्बन्धसँग जोडिएको स्थानीय वासिन्दाले बताएका छन् । मृतकका आफन्तले किटानी जाहेरी दिने तयारी गरिरहेका छन् ।


About Author
-मानसखण्ड

सम्बन्धित