४८४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २६ , ०९:३७ बजे

दोधारा–चाँदनीमा छाडाचौपाया नियन्त्रणका लागि आन्दोलन

Image


- मदन गिरी
महेन्द्रनगर, २६ असार । छाडाचौपायाबाट आक्रान्त दोधारा–चाँदनीका वासिन्दाले छाडाचौपायासहित प्रदर्शन गरेका छन् । केही समय पहिलेसम्म यो समस्याबाट अछुतोरहेको माहाकाली नगरपनालिकामा पछिल्लो समय चौपाया छाडा छोड्ने क्रम बढेको छ ।

किसानले लगाएको अन्नबाली छाडाचौपायाले खान थालेपछि उनीहरु आन्दोलित बनेका हुन् । सोमबारको प्रदर्शनमा ल्याइएका चौपायालाई नगरपालिका कार्यालय परिसरमै थुनिएको छ ।

माहाकालि नगरपालिकाका वासिन्दा तथा ततकालिन नेकपा एमालेनिकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतको नेतृत्वमा स्थानीयले नगरपालिकामा कार्यालयमा प्रर्दशन गरेको हुन् ।

अध्यक्ष बस्नेतले छाडाचौपायाले अन्नबाली खान थालेपछि व्यवस्थापनका लागि नगरपालिकासँग माग गरिएको बताए । उनले लामो समयदेखि स्थानीय किसानले छाडाचौपायाको समस्या खेप्दै आएको भए पनि नियन्त्रणका लागि जनप्रतिनिधि आएको एक वर्ष बित्दासम्म ठोस पहल नभएको बताए ।

छाडाचौपायाका कारण खेतमा रोपेको धानबाली खान थालेपछि स्थानीय किसान रातदिन जाग्राम बस्न बाध्य भएका अध्यक्ष बस्नेतको भनाई छ । उनका अनुसार छाडाचौपायालाई आउँदो पाँच दिनभित्रमा व्यवस्थापन गर्न नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको छ । उनले समस्या बढ्दै गईरहेको बताउँदैँ भने, ‘पाँच दिने अल्टीमेटम सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छौँ, माग सम्बोधन नभए थप आन्दोलन कार्यक्रम घोषणा गर्छौं ।’

माहाकाली नगरपालिकाका नगर प्रमुख बीरबहादुर सुनारले भने राजनितिक पूवाग्रही ढंगबाट गोठबाट नै गाईबस्तु ल्याइएको आरोप लगाएका छन् । ‘नगरपालिका कार्यालय परिसरमा छोडिएका चौपाया छाडा जस्ता देखिदैँनन्, जनप्रतिनिधिलाई चुनौति दिने मनसायले पनि हृष्टपुष्ट चौपाया नगरपालिकामा छोडिएको देखिन्छ,’ नगर प्रमुख सुनारले भने ।

छाडाचौपायाको समस्या चुनौतीपूर्ण रहेको भएको पनि त्यसको व्यस्थापनका लागि नगरपालिकाले पहल गरिरहेको मेयर सुनारले बताए । छाडाचौपाया व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा नगरका सबै वडामा एक÷एक लाख रुपयाँ बजेट विनियोजन गरिएको उनको भनाई छ ।

विनियोजित उक्त बजेटबाट नगरपालिकाको ४ वटा ठाउँमा छाडाचौपाया व्यवस्थापनको लागि गोठ बनाएर केही जग्गामा तारजाली लगाईने नगर प्रमुख सुनारले बताए ।

स्थानीयले छाडाचौपायाबाट दुख पाईरहेको स्वीकार गर्दै नगर प्रमुख सुनारले प्रट पारे, ‘यसको दिर्घकालिन व्यवस्थापनका लागि कस्तो योजना बनाउने र नगरपालिका कुन रुपमा अगाडी बढ्ने भन्ने बारे हामीहरु नै अन्योलमा परेका छौ ।’

स्थानीयले पाँच दिनभित्रमा छाडाचौपाया व्यवस्थापनका लागि अल्टीमेटम दिए पनि त्यसको समाधानका लागि उनीहरुसँग छलफल गरिने सुनारको भनाई रहको छ । ‘आन्दोलन गर्ने मात्रै होईन त्यसको व्यवस्थापनका लागि नगरपालिकाले के गर्नु पर्छ त्यसको दिर्घकालिन समाधानको उपाय समेत स्थानीयले लिएर आउनु पर्छ, यस विषयकमा सरोकावाला पक्षसँग छलफल गरी निष्कर्षमा पुग्छौ,’ नगर प्रमुख सुनार भने ।


About Author
-मानसखण्ड

सम्बन्धित