५१३ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २५ , १३:०० बजे

यस्तो असारे लुट चल्यो प्रदेश–७ का मन्त्रालयमा !

Image

मानसखण्ड
महेन्द्रनगर, २५ असार । असारे चटारो स्थानीय तहलाई मात्रै लागेको छैन । प्रदेश–७ का मन्त्रालयलाई पनि रहलपहल बजेज कसरी सक्ने भन्ने चटारो छ । त्यसको एउटा उदाहरण हो, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ।मर्मत सम्भारमा ४० लाख खर्च गर्दै स्थापना गरिएको प्रदेश–७ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले असर मसान्त नजिकिंदै गर्दा साढे २८ लाख रुपैयाँका फर्निचर किनेको छ । प्रदेश सरकार व्यवस्थापन समितिले मर्मत सम्भारमा ४० लाख खर्च गर्दै स्थापना गरेको मन्त्रालयमा पहिले नै साढे ८ लाख रपैयाँको फर्निचर किनिएको थियो । मन्त्रालय स्थापनाको चार महिनामा थप १७ लाखका फर्निचर किनिएको छ ।

धनगढीस्थित क्षेत्रीय वन निर्देशनालयमा स्थापना गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छोटो अवधिमै लाखौंका फर्निचर किनेको हो । त्यो फर्निचर किन चाहिएको होला प्रश्न उब्जेको छ । गत फागुनमा मन्त्रालय स्थापना गर्दा आवश्यक पर्ने सवै फर्निचर किनेर हस्तान्तरण गरिएको थियो । चार महिनापछि असार मसान्तको मौका छोपेर मन्त्रीको टाडो निर्देशनमा थप १७ लाख ७ हजार रुपैयाँका फर्निचर किनिएको स्रोतको दावी छ ।

पूरक बजेटमा मर्मत सम्भारका लागि ५० लाख रकम छुट्टाईएकोमा त्यसमा एक रुपैया पनि खर्च नगर्दा फर्निचर फिक्चर्समा १७ लाख १७ लाख रकम सिध्याईएको हो । सफ्टवेयर निर्माण र खरिद खर्च शिर्षकमा पनि एक रुपैया पनि खर्च गरिएको छैन् । २० लाख रकम फर्निचर तथा फिक्चर्स शिर्षकमा छुटाईएकोमा अव २ लाख ९३ हजार खर्च गर्न वाँकी छ भने मेसिनरी औजार शिर्षकमा २५ लाख छुटटईएकोमा अव साढे ७ लाख खर्च गर्न वाँकी छ । असार सकिन केही दिन वाँकी रहेकोले दुवै शिर्षकमा थप खर्च हुने अनुमान गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पुजीगँत वजेट एक करोड ५ लाख रुपैयाँ रहेकोमा साढे ७० लाख खर्च हुन वाँकी रहँदा साढे ३४ लाख फर्निचर र मेसिनरी औजारमा खर्च गरेर वजेट सिध्याईएको छ । चार वटा शिर्षकमध्ये दुई वटा शिर्षकमा एक रुपैयाँ पनि खर्च नगरिदा दुई वटा शिर्षकमा भने कुल वजेटको एक तिहाई रकम सिध्याईएको हो । मन्त्रालयका कर्मचारी, मन्त्रीदेखि कार्यकर्ता र नेताहरुका लागि आवश्यक पर्ने फर्निचर किनिएको आशंका भईरहेका वेला यस वारेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन् ।

 


About Author
-मानसखण्ड