३७४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २२ , ०६:४० बजे

ज्योतीषीय दृष्टि : एसईई पास गरेकामध्ये कसले के पढ्ने ?

Image

- सुरेन्द्रबहादुर सिंह
भखरै एसईई परीक्षाको नतीजा निसकेको छ । फलामको ढोका मानिएको यो परीक्षालाई अवसरमा परीणात गर्ने मुख्य जिम्म्ोबारी विद्यार्थी स्वयंको हो । बिषय छनोट, ब्यक्तिगत रुचि, अन्तर्निहित क्षमता इत्यादीले सफलतालाई प्रभाबित गर्दछ । समसामयिक बिषय बनेको एसईई नतिजालाई ज्योतिषीय दृष्टिकोणसँग देहाय बमोजिम जोड्ने प्रयास गरिएको छ ।

आकाशमण्डलका ग्रहहरुको अवस्थाले ब्व्क्तिको रुचि र अन्तर्निहित क्षमतालाई प्रभाव पार्ने भएकाले जातकको जन्मकालीन ग्रहहरुको बलाबल र पारस्पारिक सम्बन्धलाई मध्यनजर गरी बृतिविकास र करीयरको क्षेत्र छनोट गर्नु उत्तम मानिन्छ । जन्मकालीन बिशीष्ट योगहरुले व्यक्तिको बाह्य र आन्तिरिक वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले ती बाह्य र आन्तिरिक तत्बहरुको स्वोट एनालाइसिस गरेर पढ्ने बिषय र करीयरको क्षेत्र छनोट गर्नुपर्दछ । उदाहरणका लागि मंगल ग्रह बलबान, उच्च, स्वगृही, मूलत्रिकोणस्थ भएर केन्द्रस्थ भएको जातकले मेडिकल क्षेत्र छनोट गर्नु राम्रो हुन्छ । बुध ग्रह उच्चस्थ, स्वगृही, मूलत्रिकोणास्थ भएर केन्द्रस्थ भएको जातकले चाटर्ड अकाउन्टेन्ट वा एम बी ए गर्ने लक्ष्य लिनु राम्रो, वृहस्पतिको अवस्था राम्रो भएका अध्यापन पेशा राम्रो मान्ने गरीन्छ । शुक्रको अवस्था राम्रो भएमा होटल म्यानेजमेन्ट बिषय छनोट गर्नु राम्रो, त्यस्तै शनीको अवस्था राम्रो भए सेवामूलक पेशा र विषय छनोट गर्नु उत्तम मानिन्छ ।

त्यस्तै पञ्चम स्थान दुईभन्दा बढी पापग्रहवाट प्रभावित भएमा बुद्धि तीक्ष्ण हुने हुँदा त्यस्ता जातकले प्रविधिक विषय छनोट गर्नु राम्रो, सूर्य र चन्द्रमाको अवस्था बढी प्रभावशाली भएमा राजनीति शास्त्र, अन्तराष्ट्रिय सम्बन्ध जस्ता बिषयमा रुची बढाउनु शुभदायक मान्न सकिन्छ ।

राहु ग्रह बलबान रहेमा अनूसन्धान जन्य बिषय छनोट गर्नु शभ हुन्छ भने केतू ग्रहले मलखाद, केमिकल, पेष्टिसाइड इत्यादीको कारोबार गर्नु शुभ मानिन्छ ।


About Author
-सुरेन्द्रबहादुर सिंह

सम्बन्धित