९६९ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २२ , ०६:१४ बजे

यो हो भीमदत्तको ग्राभेल गाथा !

Image

–मानसखण्ड
महेन्द्रनगर, २२ असार । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षको असार २० गतेसम्म विभिन्न वडामा ८ हजार ८ सय ९७ ट्रिप ग्राभेल हालेको छ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीले सूचनाको हकअन्तर्गत प्राप्त गरेका दस्तावेजका अनुसार सो परिमाणमा ग्राभेल हालिएको देखिएको हो ।

भीमदत्त नगरपालिकाभित्र सुक्खा सिजनमा ग्राभेल हाल्दा प्रति ट्रिपर औसत ३ हजार ५ सय रुपैया लाग्ने गर्छ । यो दरमा हिसाब गर्दा यस आर्थिक वर्षमा नगरपालिकाले ग्राभेलका लागि मात्र ३ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । तर, यो परिमाणमा ग्राभेल हाल्दा नगरपालिकाले सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र प्रक्रिया अपनाएको छैन । बडागत उपभोक्ता समिति बनाएर यो रकम खर्च गरिएको हो । कानुनअनुसार एउटै शीर्षकमा एकै पटक यति ठूलो रकम खर्च गर्दा उपभोक्ता समिति बनाउनु गैरकानुनी हो ।

एकै पटक ग्राभेल हाल्दा नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको पनि देखिएको छ । वडामा उपभोक्ता समिति बनाए पनि नगरपालिकाले एकजना ठेकेदारलाई समानान्तर रुपमा ग्राभेल ढुवानीको काम दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ग्राभेल प्रकरण्को अनुसन्धान गरिरहेको छ । सबैभन्दा धेरै ग्राभेल वडा नं. १८ र सबैभन्दा कम वडा नं. १७ मा हालिएको प्राप्त दस्तावेजमा उल्लेख छ ।

वडागत विवरण

वडा ट्रिप संख्या
 ४३०
 ५८५
५३४
३२५
३६८
२२४
२६९
६९२
५३५
१०  ३०६
११ ३६८
१२  ७२१
१३  ४२५
१४  ६३९
१५ ५४०
१६  ३८६
१७  ७७
१८  १३८०
१९ ९३

 


About Author
-मानसखण्ड