१२४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २१ , १६:०८ बजे

प्रतापपुरमा महिला मृत अवस्थामा फेला

Image

धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा बिहीबार बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।

आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए ।

प्रहरीले मृतक महिलाका श्रीमान् ईन्द्रबहादुर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान्को कुटपिटबाट उनको मृत्यु भएको आशंका गरिएको छ । महिलाको शव परीक्षणका लागि टीकापुर अस्पताल पु¥याइएको छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।