२४५० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २१ , ०९:४९ बजे

कलुवापुर–बेलौरी सडकको ठेकेदार कालोसूचिमा

Image

–मानसखण्ड
महेन्द्रनगर, २१ असार । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काममा ढिलासुस्ती गरेको भन्दै गृहमन्त्रालयमा नाम पठाएको सन्तोषी–थेगिम नामको निर्माण व्यवसायी कम्पनी अन्ततः कालोसूचीमा पर्ने भएको छ । कलुवापुर–बेलौरी सडकको ठैक्का लिएर चरम लापर्वाही गरेका भन्दै डिभिजन सडक कार्यालय दोस्रो पटक सूचना जारी गर्ने तयारी गरिरहेको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख लक्ष्मीदत्त भट्टले पटक–पटकको ताकेतापछि पनि सुनिल थापा सञ्चालक रहेको सो कम्पन्ले काम नगरेकोले कालोसूचिमा हाल्ने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘एक दुई दिनमैं सूचना प्रकाशित हुन्छ,’ भट्टले भने, ‘कालोसूचिमा पर्ने निश्चित भइसक्यो ।’

डिभिजन कार्यालयले सनराइज बैंकमा जम्मा गरेको धरौटी तीन करोड रुपैयाँ समेत रोक्का गरिएको भट्टले बताए । उनले मोबिलाइजेसन र हर्जानावापतको रकम धरौटीबाट असुल गरिने जानकारी दिए ।

सो कम्पनीले वाणी–देखतभूली सडकको ठेक्का समेत लिएको छ । सो सडकमा लापरवाही गरेका गरेका कारण जिल्ला प्रशासन कार्यालयले कम्पनीको नाम गृहमन्त्रालयमा पठाएको छ । साथै, सो कम्पनीले कृष्णपुर नगरपालिकाको बण्डमा अवैध क्रसर पनि सञ्चालन गरिरहेको जानकारी पप्त भएको छ । कम्पनीका सञ्चालक सुनिल थापालाई सम्पर्क गर्न खोज््दा उनले फोन उठाएनन् । एसएमएस मार्फत् अनुरोध गर्दा समेत उनले तीन दिनसम्म कुनै प्रतिक्रिया गरेनन् ।


About Author
-मानसखण्ड