११५५ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १९ , २१:५७ बजे

महेन्द्रनगरकै जस्तो घटना डोटीमा, तर मर्नेको संख्या चार

Image

महेन्द्रनगर, १९ असार । आइतबार महेन्द्रनगरमा भएको एक दुर्घटनासँग ठ्याक्कै मिल्ने गरी डोटीमा अर्को दुर्घटना भएको छ । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा पुर्‍याइएको छ ।

झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा पनि यस्तै प्रकृतिको दुर्घटना भएको थियो । दुर्घटनामा एक मजदुरको र्मतु भएको थियो भने चारजना घाइते भएका थिए ।

 

महेन्द्रनगरको घटना पढ्नुहोस

http://manaskhanda.com/newsDetail.aspx?Postid=6612


About Author
-मानसखण्ड