२६४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १९ , ०९:५९ बजे

यस्तो पानी पिउने सहरवासी कति दिन बाँच्लान् ?

Image

अत्यधिक ब्लिचिङ पाउडरका कारण मुटु र मिर्गौलाका रोगी बढ्ने चिकित्सकहरुको भनाई

– सुजित सिनाल
महेन्द्रनगर, १९ असार । महेन्द्रनगर क्षेत्र वरिपरी अहिले खानेपानीका लागि ओभरहेड ट्यांकी बन्ने क्रम बसेको छ । मुख्य सहरी क्षेत्र र आसपास चारवटा त्यस्ता खानेपानी ट्यांकीबाट पानी वितरण भइरहेको छ । बजारवासीले ढुक्कसँग त्यो पानी पिइरहेका छन् । के त्यो पानी शुद्ध छ ?

सहरी क्षेत्रको खानेपानीको प्रवन्ध गर्न गठित नेपाली खानेपानी संस्थानले भने पैसा लिएर धाराबाट वितरण हुँदै आएको खानेपानी ‘शुद्ध’ नभएको स्वीकारेको छ । संस्थानले वितरण गरिरहेको पानीमा देखिने सेतो लेदो बनाउने ब्लिचिङ पाउडरको आवश्यकताभन्दा धेरै प्रयोग भएको संस्थानकै भनाई छ । रोग वा संक्रमण हुने जिवााणु नभए पनि त्यो लेदोयुक्त खानेपानी स्वास्थ्यका लागि असरदायक हुने चिकित्सकहरुले पनि बताएका छन् ।

यहाँका धारामा आउने पानीमा अत्यधिक मात्रामा ब्लिचिङ पाउडर मिसाइउको हुन्छ । पानी थापिएको र राखिएको भाँडो समेत सेतो हुने गरी मिसाइएको त्यो पाउडरमा क्याल्सियमको मात्रा धेरै हुने र त्यसले मुटु तथा मिर्गौलामा असर पर्ने चिकित्सकहरुको भनाई छ ।

खानेपानी संस्थानले वडा नं ४ र १८ का २ हजार ४ सय ग्राहकलाई वितरण गरिरहेको पानीमा मिसाइउको अत्यधिक ब्लिचिङ पाउडरले शरीरमा आवश्यकताभन्दा धेरै क्याल्सियम संग्रह गर्ने महाकाली अञ्चल अस्पतालका डा। सुदीप खरेलको भनाई छ । सेता कण देखिने पानीलाई धेरै समय राख्यो भने भाँडोमा सेतो लेदो पदार्थ देखिने गरेको गरेको छ । यो लेदोले तत्काल स्वास्थ्यलाई हानी नगर्ने भए पनि यसले दीर्घकालमा असर पर्ने बताइएको छ ।

डा. खरेलले पानीमा क्याल्सियम र म्याग्गनेसियमको मात्रा बढि भएमा मानव स्वास्थ्यमा बिभिन्न किसिमका समस्या उत्पन्न हुने बताएका छन । उनले लामो समय क्याल्सियम युक्त पानी पिउँदा मुटुु र मिर्गौलाको समस्या हुने बताए ।

संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले पानी शुद्ध बनाउन ब्लिचिङ पाउडरको मात्रा आवश्यकताभन्दा बढी हालिएको स्वीकार गरेका छन् । उनले वर्षातको समयमा मात्रै यो पाउडरको मात्रा बढाउने गरिएको बताए पनि स्थानीय वासिन्दाले धाराबाट बाह्रै महिना सेतो लेदो आउने बताएका छन् ।

स्रोतका अनुसार संस्थानको स्वामित्वमा रहेका बजारस्थित दुबैवटा खानेपानी प्रशोधन तथा वितरण प्लान्टमा भूमिगत पानी झिकेपछि प्रशोधन नै गरिन्न । भूमिगत पानीलाई ब्लिचिङ पाउडर हालेर सोझै उपभोक्ताकहाँ पठाउने गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले बनाइदिएको बजार क्षेत्रको नयाँ प्लान्टमा भूमिगत पानी तानेपछि प्रशोधन गर्ने अत्याधुकि संयत्र भए पनि त्यसको उपयोग नगरिएको स्रोतको दावी छ । तर, संस्थानका कार्यालय प्रमुख श्रेष्ठले दैनिक रुपमा पानी परीक्षण गरेर पठाउने गरिएको बताएका छन् ।

बजार क्षेत्रको पुरानो ट्यांकीबाट भने सेतो मात्रै नभई धमिलो पानी समेत आउने गरेको छ । पुरानो पाइपलाइनका कारण लिक भएर माटो मिसिएको हुन सक्ने संस्थानका कर्मचारी बताउँछन् । पुरानो ट्यांकीबाट पानी पिइरहेका उपभोक्ता भने पानीमा प्रायः गन्ध समेत हुने गरेको दावी गर्छन् ।

 


About Author
-मानसखण्ड