३३१ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १८ , ०९:१२ बजे

मानसखण्ड लोकसाहित्य : केही नयाँ तथ्य !

Image

आमुख :
मनसँग सम्बन्धित भाव वाचक नाम मानस हो । पूर्वीय दर्शनानुसार ब्रह्माजीले भित्री हृदयबाट निर्माण गरेको क्षेत्र मानस हो। सृष्टिको आरम्भ मानस धर्तीबाट भएको हो । जसको एक प्रमाणका रुपमा मानसखण्ड मानसखण्ड काली–कर्णालीमा मात्र पाइने आदिम जाति निषाद (राउटे) लाई लिन सकिन्छ । जहाँ पहिलो चोटी मानुषको सृष्टि भएको थियो त्यसको त्यसकिो एक खण्ड मानसखण्ड र त्यस खण्डको संस्कृति (र साहित्य) विश्वको प्राचीन संस्कृति मध्ये एक हो । यहाँको साहित्यमा वैदिक का साथसाथै लोकायतको प्रभाव परेको पाइन्छ । यीद दुवै साहित्यको सम्मिश्रणले मानसखण्ड लोकसंस्कृतिको निर्माण भएको पाइन्छ । क्लिष्ट वैदिक वार्ता (संस्कृति र साहित्य) लाई सरल लोकायतको जलप दिएर लोकवार्ताको निर्माण भएको छ । लोकवार्ताको कुनै आधार ग्रन्थ हुदैँन । यो ठाउँ अनुसार परिष्कृत परिमार्जित र परिवर्तित हुदैँ जान्छ । श्रुति परम्परामा आधारित हने हुनाले लोकसाहित्य संस्कृतिलाई कठपुराण लोकधर्म, लोकायत, लोकाचार, लोकवार्ता आदि नाम दिन सकिन्छ ।

कल्पित:  श्रुतिमूलो वामूलो लोकै धृतM सदा ।
देशादिधर्मः सः ज्ञेयो देशे देशे कुलेकुले ।।
– शुक्रनीति

श्रुति परम्परामा आधारित लोकले धारण गरेका मान्यताहरु जसको मूल वेद होस् वा नहोस् ती प्रत्येक देश र कुल परम्परामा चलिआएका रीतिरिवाज लाई देशादि धर्म अर्थात् लोकधर्म भनिन्छ । लोकधर्म नै लोक साहित्य र लोकसंस्कृतिका आधार हो । त्यसैले तं शास्त्रहरुमा यद्यपि शुद्धं लोक विरुद्धं नाकरणीयं नाचरणीयम्ं भनिएको छ ।

मानसखण्ड लोकसाहित्यको एक चर्चा
लोकृ दर्शने धातुमा घञ्(अ) प्रत्यय लागेर ‘ लोक ’ शब्द बनेको हो । जसको अर्थ हुन्छ – हेर्नु , हेराइ लोकशब्दका लागि वेदमा ‘जन ’ ग्राभ्य जस्ता शब्द प्रयोग भएका पाइन्छ । लोक शब्द सँग साहित्य शब्द जोडिएर लोकसाहित्य शब्द बन्दछ । हितेन सह सहित ’ – ‘सहितस्य भाव साहित्य ’ अर्थात् हितको भाव नै साहित्य हो । यस अर्थमा लोकसाहित्य भनेको लोकले देखेका र भोगेका कुरा हुन् । जसमा जनसमुदायका कथा व्यथाहरु समेटिएका हुन्छन् भने साहित्यका विभिन्न विधाका माध्यमले वैदिक तथा लोकायतका पक्षहरुलाई प्रदर्शन गरिएका हुन्छन् । लोकसाहित्य लोकको यथार्थ चित्र हो । यो बनावटी हुदैँन । लोकसाहित्यको लेखन तथा प्रदर्शन पनि गर्न सकिदैंन । श्रुति र सत्य तथ्य भावमा आधारित हुन्छ । सामान्यतया भाषाको गुण अथवा अवगुण ज ेभने पनि जस्तो सुनिन्छ त्यस्तो लेखिदैँन त्यसैले लोकसाहित्यमा जे बोलिन्छ जे गरिन्छ त्यसलाई त्यही रुपमा लिपि (लेख्य) चिन्ह मा नाटकीकरण (प्रदर्शन ) गर्न सकिदैँन । लोक साहित्यको लेखन र नाटक हुनु भनेको लोक साहित्यको मृत्यु हुनु हो । किनभने लोकसाहित्य श्रुतिमा बाँचेको हुन्छ । मानसखण्ड लोकसाहित्य श्रुति र
परम्परामा बाँचेको छ भने धर्मसंस्कृतिसँग मानसखण्ड लोकसाहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको छ । संस्कृति अर्थात् धर्म लोकसाहित्यको आत्मा हो । धर्म विना संस्कृति र संस्कृति बिना लोकसाहित्य जीवित रहदैँन । जसको उदाहरणमा गौरापर्वमा गाइने ‘ अढेबाली ’ चैत , भडा (भारत) लाई लिन सकिन्छ ।

मानसखण्ड लोकसाहित्यको वर्गीकरण
लोकसंस्कृति र लोकसाहित्यका अध्येताहरुले लोकसाहित्यको वर्गीकरण विभिन्न तरिकाले गरेका छन् । तर मानसखण्डको लोकसाहित्य एक विशिष्ट र प्राचीनसाहित्य भएको हुनाले यसको वर्गीकरण गर्ने आधारहरु भिन्न रहेका छन् । मानसखण्डमा अपी (हिममानव ) निषाद (वनरोउते) जस्ता प्राचीन जाति जो नेपालकै अन्य भाग लगायत विश्वमा कही पनि पाइदैँनन् । यस्ता जातिको वसोवास भएको हुनाले पनि मानसखण्डको साहित्य संस्कृति र इतिहास प्राचीन रहेको स्पष्ट हुन्छ । मानसखण्ड लोकसाहित्यको वर्गीकरणलाई रेखाचित्रमा यसरी देखाउन सकिन्छ ।

मानसखण्ड लोकसाहित्यका दुई पक्ष रहेका छन्ः
१) विशिष्ट पक्ष
मानस साहित्यका विभिन्न विधाका आधारभुत वाङ्मयलार्इ यस अन्र्तगत राख्न सकिन्छ । जसले लोकसाहित्यको महत्वपूर्ण भावलाई समेटेको हुन्छ । विशिष्ट पक्षभित्र निम्न विधाहरु रहेका छन् ।

क) लोककाव्य : पुस्तौं देखि लोकमानसमा रहि आएका कविताहरुको समूहलाई लोककाव्य÷गाथा भन्न सकिन्छ । यस्ता लोकगाथा अथवा लोककाव्य महाकाव्य लायक गुण भएका र खण्ड काव्य चम्पूकाव्य र फुटकर काव्यका रुपमा पनि मानसखण्ड लोकसाहित्य पाइन्छन् । लोककाव्यमा निम्नलिखित काव्य÷गाथा लाई लिन सकिन्छ ।

१) अठेबाली– गौरापर्वमा गाईने आठ आवली (अध्याय) भएको गौरा महेश्वरको चरित्र , यसलाई मानसखण्ड लोकसाहित्यमा लोकमहाकाव्यका रुपमा पनि लिन सकिन्छ ।

२) चाँचरी :  एतिहासिक राजा महाराजाहरुको जीवनीलाई आधार बनाएर लेखिने अन्त्यानुप्रास युक्त लयात्मक
र गेयात्मक साहित्यिक रचना हो । जस्तैँः रिपुमल्लको चाँचरी , भरतहरिको चाँचरी आदि ।


३) चैत : पौराणिक तथा एतिहासिक व्यक्तिको चरित्र गाथालाई चैत भनिन्छ । चैत भित्र ठाडोखेल, धमारी, दुएको लामो ठुस्को पनि हुन्छ ।

क्रमशः


About Author
-आचार्य घनश्याम लेखक

लेखक कञ्चनपुर निवासी हुन् । उनी शिक्षणपेशामा संलग्न छन् । धार्मिक तथा आध्यात्मिक प्रवक्ता समेत रहेका लेखक मानसखण्डको पौराणिकताका ज्ञाता पनि हुन् । उनका आधा दर्जन कृतिमध्ये मानसखण्ड संहिता पछिल्लो हो ।

सम्बन्धित