७९६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १७ , १७:४० बजे

करेन्ट लागेर ऐंठपुरमा एकजनाको मृत्यु, चार घाइते

Image

- मानसखण्ड
महेन्द्रनगर, १७ असार । भिमदत्त नगरपिलिका–३ ऐठपुा बिजुलीको काम गरिरहेका पाँचजनालाई करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । अन्य चारजनाको अवस्था गम्भीर रहेको महाकाली अञ्चल अस्पताले जनाएको छ ।

आइतबार दिउँसो ऐंठपुर मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुरको लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले बताए । देखतभूलीकै जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी करेन्ट लागेका घाइत हुन् ।


उनीहरु विद्युत प्राधिकरणको ठेकेदार कम्पनी अमृत कन्स्ट्रक्सनले ज्यालादारीमा लिएका कर्मचारी हुन् ।


About Author
-मानसखण्ड

सम्बन्धित