९४० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १७ , १२:०६ बजे

कञ्चनपुरमा ‘कुलमान’को डिस्को डान्स

Image

-सुजित सिनाल
महेन्द्रनगर, १७ असार । कञ्चनपुरमा लामो समयदेखि विद्युतको अनियमित आपूर्ति र लो भोल्टेजको समस्याले उपभोक्ताले सास्ती खेप्नु परेको छ । चमेलिया जलविद्युत सञ्चालन आएपछि प्रदेश–७ मा विद्युत आपूर्तिको समस्या नरहने बताइए पनि पनि भिमदत्त नगर पालिका तथा आसपासको क्षेत्रमा लामो समयदेखि हुँदै आएको अनियिमत विद्युत र लो भोल्टेज लोडसेडिङभन्दा नराम्रो समस्या बनेको छ । 

 

भोल्टेज लो भएका कारण बत्ती आएको समयमा समेत कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा व्यवसाय नै धरापमा पर्ने गरेको व्यवसायीहरुले बताएका छन । गर्मीका बेला विद्युतको समस्याले जनजीवन दिनानुदिन निकै कष्टकर बन्दै गएको छ ।

गर्मीको समयमा सिस्टम भोल्टेज नै लो भएको र भारतको टनकपुर बाट आउने विद्युत १३२ केभि हुनुपर्ने भए पनि लालपुर सबस्टेसन सम्म घटेर ११७ केभि मात्र पुग्ने गरेकाले यो समस्या उत्पन्न भएको नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रका ईन्जिनियर राकेश प्रशाद भट्टले जानकारि दिएका छन ।

पटक–पटक विद्युतको समस्या भोगिरहेका केही स्थानीयबासीहरु नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्र कार्यालयप्रति नै आक्रोशित बन्दै गएको छ भने समस्याले आक्रान्त अधिकांश उपभोक्ता आक्रोशित बन्दै गएका छन् । बिगतदेखि ट्रान्सफर्मरको समस्या छ । यस क्षेत्रका केही स्थानमा ओभरलोड भइ फ्यूज खाने समस्या छ, जसले गर्दा पटक–पटक बत्ती जाने गर्छ भने अन्य स्थानमा डिम लाइट हुने समस्या छ ।
जिल्लाका धेरै ठाउँमा दिउँसोको समयमा पंखासमेत नचल्ने समस्या छ । बिभिन्न उद्योगधन्दा कलकारखानाहरुले पनि जथाभाबी विद्युत खपत गर्नाले यस्तो समस्या हुने प्राधिकरणका कर्मचारीको दावी छ । लो भोल्टेजका कारणले संचार माध्यमहरु पनि प्रभावित भएका छन ।

भीमदत्त नगरपालिका–४ स्थित आरती सिमेन्ट पिल्लर उद्योगका सञ्चालक सन्तोष आउजीले ‘लो भोल्टेज’का कारण पंखा नचल्ने, चलेपनि विस्तारै चल्ने, छिनछिनमा विजुली आउने–जाने भइरहेको बताए । ‘यहाँ दुई सातादेखि लो भोल्टेज र विद्युत् अनियमित भएको छ, मेसिनहरु सञ्चालन गर्न पाएका छैनौं, दैनिक हजारौ रुपैयाँ घाटा भईरहेको छ,’ आउजीले दुखेसो पोखे । उनले सरकोकार वाला निकायसँग समस्या राख्दा समेत समस्या सामाधान नभएको बताए ।

भारतबाट आउने विद्युत नै कम भएको र केन्द्रले यसबारेमा चासो नदेखाएकोले समस्या बढेको इन्जििनियर भट्टले बताए ।

महेन्द्रनगर बजारभित्रै यस्तो
सुदूरपश्चिमको सबैभन्दा पुरोनोमध्येको भीमदत्त नगरपालिकाको सहरी भाग नै कति पिछडिएको छ भन्ने दर्शाउन एउटा उदाहरण नै काफी छ । नगरपालिकाको वडा नं. १८ का वासिन्दाले विजुली बाल्न पाँच सय मिटर टाढाको पोलबाट सर्भिस तार जोडेर घरसम्म ल्याउनु परेको छ ।

तल्लो गोबरियामा दलितबस्तीका १२ घरधुरीले चार महिना पहिले नगरपालिका र विद्युत प्राधिकरणलाई विद्युत पोलका अनुरोध गरेका भए पनि अहिलेसम्म सुनुवाई नभएको पीडितहरुको दुखेसो छ ।

अटो रिक्सा चलाएर आफनो गुजारा गरिररहेका तल्लो गोबरियाका वासिन्दा पदम सिलालले घरभन्दा पाँच सय मिटर टाढाका पोलबाट विजुली ल्याउँदा चुहावटको समस्या हुने बताए । उनले बेला–बेलामा हावाहरीरले तार उडाउने गरेको र लो भोल्टेजको समस्या सधैं हुने गरेको बताए । अरुको जग्गामा काठको पोल गाडेर ल्याइउको तार चुडिने र जग्गाधनीले काठको पोल हटाउन दबाब दिइरहने सिलालले बताए ।

विद्युत प्राधिकरणका ईन्जिनियर राकेश भट्टले सबै ठाउँमा बिजुलीका पोल नपुगेको स्वीकारे । उनले यसवर्ष मात्रै भिमदत्त नगरपालीकामा सात सय पोल बितरण गरिएका बताए । उनले बजेटको अभावका कारणले पनि एकै पटक सबै ठाउँमा पोलहरु पुगाउन सकिने अबस्था नरहेको जानकारी दिए । उनले सिफारिसका आधारमा बजेटको सीमाभित्र रहेर पोल बितरण गरिने पनि बताए ।

 


About Author
-मानसखण्ड

सम्बन्धित