२७६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १७ , ११:५२ बजे

चुनाव लडकेका एक हजार बढी कारबाहीको दायरामा

Image

– भुवन भट्ट
महेन्द्रनगर, १७ असार । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचनमा उम्मेदवार बनेका एक हजारभन्दा धेरै व्यक्ति कारबाहीमा पर्न सक्ने देखिएको छ । निर्वाचन सम्पन्न भएको लामो समय वित्दा समेत खर्च विवरण बुझाएका नबुझाएका उनीहरुलाई निर्वाचन आयोगले ६ वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गर्न सक्छ । निर्वाचन कानुन अनुसार उनीहरुलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुन सक्छ ।

गत असारमा सम्पन्न स्थानीय तह र मसिरमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावका उम्मेदवारले अझैसम्म पनि खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन ऐन अनुसार ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्ने व्यवस्था भएपनि कञ्चनपुरका अधिकांश उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका हुन ।

निर्वाचन कार्यालयका अनुसार स्थानीय तहका दुई हजार चार सय सय एक उम्मेदवार मध्ये एक हजार तीन ३ सय १३ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । एक हजार ८८ जना उम्मेदवारले निर्वाचन खर्च बिवरण नबुझाएको बताइएको छ । प्रतिनिधिसभाका २६ जना मध्ये ४ ले खर्च बिवरण नबुझाएको निर्वाचन अधिकारी केशव भण्डारीले बताएका छन् ।

खर्च विवरण बुझाउन बेलाबेलामा ताकेता गरिरहेको बताउदै उनले नबुझाउने उम्मेदवारले अटेरी गरिरहेको बताए । खर्च विवरण नबुझाउनेमा अधिकांश चुनावमा पराजय भोगेका उम्मेदवार रहेको उनको भनाई छ । ‘केही जितेकै उम्मेदवारले पनि खर्च विवरण नबुझाएको भण्डारीको भनाई छ ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार समयमा विवरण नबुझाउनेलाई १५ हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ । समयावधि भित्र निर्वाचन खर्च विवरण नबुझाउनेहरुलाई ६ बर्षसम्म कुनै दल वा स्वतन्त्र रुपमा निर्वाचन लड्ने अधिकार हुँदैन । निर्वाचन आयोगले त्यस्ता व्यक्तिलाई चुनाव लड्नबाट बन्देज लगाइनेछ । समयभित्र खर्च विवरण नबुझाउनेलाई निर्वाचन कार्यालयले स्पष्टिकरण सोध्न सक्छ ।

आयोगले तोकेअनुसार नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुले २ लाख र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने कानुनी ब्यवस्था रहेको थियो ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।

सम्बन्धित