५५ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १५:०७ बजे

बाजुरा जीप दुर्घटना :  मृत्यु हुनेको संख्या तीन पुग्यो

Image

बाजुरा, १५ असार । बाजुराको त्रिवेणी नगरपालिका–४पिपलसैनमा बुधबार राति भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी सोही नगरपालिका–१ का वडा अध्यक्ष र स्थानीय महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

घाइतेमध्ये पाँच जना अछामको बयालपाटा अस्पतालबाट सामान्य उपचार पछि घर फर्काइएको हो भने पाँच जना गम्भीर घाइते भएकालाई बयालपाटामा उपचार सम्भव नभएपछि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

पाँच जना घाइतेको थप उपचारका लागि नेपालगञ्ज पठाएका पाँच जना गम्भीर घाइतेमध्ये त्रिवेणी नगरपालिका–१ का स्थानीय रिनार नेपालीको नेपालगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारीदए ।


About Author
-मानसखण्ड