८४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १५:०६ बजे

पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग अवरुद्ध

Image

बाजुरा, १५ असार । साँफे–मार्तडी सडक खण्डअन्र्तगत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।

वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

उनले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताए । यसैगरी बुढीगंगा नगरपालिकामा रहेको साँफे–मार्तडी सडकसँग जोडिएको गुईगाड खोला आएपछि यातायात बन्द भएका छन् ।

खोलाको पुल निर्माण भएपछि वर्षायाममा खोलाबाट यातायातका साधन सञ्चालन हुँदै आए पनि वर्षाका कारण सवारी साधन चल्न नसकेको प्रहरीको भनाई छ । वर्षाले सडक अवरुद्ध हुँदा आवतजात गर्ने यात्रुले सास्ती भौग्दै आएका छन् । सडक खोल्नका लागि प्रयास भइरहेको प्रहरी प्रमुख बोहराले बताए ।


About Author
-मानसखण्ड

सम्बन्धित