२९९ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १४:५९ बजे

बेल्डाँडीको नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

Image

कञ्चनपुर, १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।

बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।

चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो ।

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन ।


About Author
-खेम भण्डारी