२९६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , ११:०९ बजे

एसईई नतिजा :  दोधारा–चादनीको यो अवस्था

Image

–मानसखण्ड
महेन्द्रनगर, १५ असार । गत वर्षको एसईई परीक्षामा माहाकाली नगरपालिकाकबाट सहभागीमध्ये पाँच विद्यालयको परीक्षाफल प्राप्त भएको छ । प्राप्त नतिजाले महाकाली नदी पारीबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ए प्लसमा एकजना पनि सफल नभएको देखाएको छ ।

ध्रुवतारा पब्लिक बोडिर्ङ स्कुलको व्यवस्थापन समितिका अध्यक्ष कुशलसिंह साउदका अनुसार उनको विद्यालयबाट एसईई परीक्षामा सहभागी ३२ विद्यार्थीमध्ये ए ग्रेडमा २ जना र बी प्लस ग्रेडमा ३ जना सफल भएका छन् ।

त्यस्तै, नोबेल एकेडेमीबाट परीक्षामा सम्मिलित ५१ विद्यार्थीमध्ये ए ग्रेडमा ३ जना, बी प्लसमा ५ जना र बी ग्रेडमा १९ जना सफल भएका प्रधानाध्यापक अर्जुनसिंह कुँवरले बताए ।

युनिक सनराईजबाट ३७ विद्यार्थी एसईईमा सहभागी भएका थिए । नतिजा अनुसार सो विद्यालयबाट ए ग्रेडमा ६ जना र बी प्लस ग्रेडमा १० जना सफल भएका प्रधानाध्यापक किसोक कुमार लिम्बुले जनाएका छन् ।

माहाकाली नगरपालिकाका सामुदायिक विद्यालयमध्ये शारदा सरस्वति माविबाट एसईईमा सहभागी ८५ मध्ये सी प्लस ग्रेडमा ४ र सीमा ५ जना सफल भएका प्रधानाध्यापक गोकुल देव बिष्टले बताए । अर्को सामुदायिक विद्यालय महाकाली आर्दश माविबाट सम्मिलित ७४ जनामध्ये बी प्लस ग्रेडमा १५, बी ग्रेडमा २८ र सी प्लसमा १३ जना सफल भएका शिक्षक मोहनदेव भले जानकारी दिएका छन् ।

टेलिफोनमा देखिएको समस्याका कारण महाकाली पारीका अन्य विद्यालयसँग सम्पर्क हुन सकेन ।

 


About Author
-मानसखण्ड

सम्बन्धित