१२२८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १०:४९ बजे

भीमदत्तका वडाअध्यक्षहरुका नाममा !

Image

- खेम भण्डारी
स्थानीय तह निर्वाचन भएको एक वर्षको यो अवधिमा भीमदत्त नगरपालिका धेरै कोणबाट विवादित र आलोचित बनेको छ । खासगरी विधि र प्रक्रियालाई तिलाञ्जली दिंदै गरिएका केही काम र पदाधिकारीको अस्वाभाविक व्यवहारले जनमत असन्तुष्ट बन्दै गएको छ । अत्यन्त हचुवा तरिकाले जनताको करबाट उठेको रकम खर्च गर्ने जुन प्रवृत्ति यो एक वर्षमा देखिएको छ त्यसले म जस्ता पर्यवेक्षकलाई समेत तर्साएको छ । यो प्रवृत्तिलाई समयमैं रोक्न सकिएन भने भीमदत्त नगरवासीले विकृतिको चाङमा सुत्नु पर्ने अवस्था आउन सक्ने खतरा देखिएको छ । आम जनताको धारणा र मलगायत केही व्यक्तिको विरोधले नगरपालिकाभित्र भइरहेका अवांछित क्रियाकलाप रोक्न सम्भव हुँदैन । त्यहाँ भइरहेका त्रुटिपूर्ण कार्य बढ्दै गए एक दिन जनता सडकमा आउने छन् भनेर कल्पनाको सगरमा उड्ने हो भने ठूलो क्षति भइसकेको हुने छ ।मजस्ता केही थान मान्छेले बाहिरबाट दवाव दिने मात्रै हो । गलत कार्य रोक्ने संयन्त्र नगरपालिकाभित्रै भएको हुनाले त्यो संयन्त्र सक्रिय हुन जरुरी छ । कार्यपालिकाका सदस्यहरुले चाहेमा प्रक्रियाविपरीत जथाभावी खर्च गर्ने प्रवृत्तिमा अंकुश लाग्न सक्छ । त्यसकारणले आजको यो आलेख नगर कार्यपालिकाका सदस्यका नाममा समर्पित गर्ने प्रयास गरेको छ ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यज्यूहरु,
तपाईहरुमध्ये केहीले मैले र दैनिक मानसखण्डले उठाएका मुद्दालाई बकबास भनिरहनु भएको खबर मैले पाइरहेको छु । सबैभन्दा पहिले म तपाईहरुलाई के प्रष्ट पार्न चाहन्छु भने मैले उठाएका प्रश्न स्थानीय सरकारसँग जोडिएका प्रश्न हुन् र यी प्रश्न गर्न पाउने मेरो नागरिक अधिकार हो । जहाँसम्म ती प्रश्नले समेटेका मुद्दाको कुरा छ, ती कुनै काल्पनिक कथाबाट टप्प टिपेर प्रस्तुत गरिएका होइनन्, धरातलीय वास्तविकतामा आधारित छन् ।
भीमदत्त नगरपालिका स्थानीय सरकार हो । यो कानुनबाट निर्देशित हुनुपर्छ र यसले सम्पादन सबैे सबै काम प्रक्रियासम्मत हुनुपर्छ । जनताको पैसा खर्च गर्ने तरिका हुन्छ । मैले उठाएका मुद्दा कानुनविपरीत र प्रक्रिया नाघेर गरिएका केही काममा मात्रै केन्द्रीत छन् । तपाईहरुमध्ये केही नगरपालिकामा भइरहेका सबै काम कानुन र प्रक्रियासम्मत छन् भन्ने भ्रममा हुनुनुहुन्छ भने त्यो भ्रम हटाउनु तपाईहरुकै स्वास्थ्यका लागि राम्रो हुने छ । कानुन र प्रक्रिया नाघेर गरिएका कामलाई भ्रष्टाचार भनिन्छ र भ्रष्टाचार त्यस्तो फौजदारी अभियोग हो जसका लागि व्यक्तिलाई मरणोपरान्त पनि सजाय हुने गर्दछ । नगर प्रमुख र तपाई वडाअध्यक्षहरुलाई कानुनले अधिकार दिएको छ । साथै कानुनले त्यो अधिकार प्रयोग गर्ने प्रक्रिया पनि बनाइदिएको छ । प्रक्रिया अवलम्बन नगरी अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार मानिन्छ र सम्झाइरहन नपरोस् भ्रष्टाचारका दोषीलाई मरणोपरान्त पनि सजाय हुन्छ ।

नगर कार्यपालिका वा तपाईहरुको वडा समिति शक्तिशाली अवश्य छ । यो शक्तिको प्रयोग तपाईहरुको स्वेच्छामा भने आधारित हुँदैन । खर्च गरिसकेर कार्यपालिका वा वडा समितिले अनुमोदन गरे भ्रष्टाचार धोइन्छ भन्ने तपाईहरुलाई लागेको छ भने त्यो बुझाई गलत हो । हो, कहाँ कुन योजनामा खर्च गर्ने भन्ने निर्णय कार्यपालिका वा वडा समितिले गर्ने अधिकार छ । त्यो निर्णय गरिसकेपछि डिजाइन र स्टिमेट हुनुपर्छ र तत्पश्चात कर्मचारीहरुबाट काम हुन्छ । काम भइसकेपछि खर्च अनुमोदन गर्ने नगर्ने अधिकार पनि कार्यपालिका र वडा समितिलाई हुन्छ तर लागत स्टिमेट र डिजाइन नै नगरी हुने ठूला खर्च सोझै बैठकमा पेश गरेर अनुमोदन गर्नु भ्रष्टाचार हो । यो अधिकारको दुरुपयोग हो र यस्तो दुरुपयोग गर्ने व्यक्ति वा व्यक्तिको समूहलाई आजन्म कैद पनि हुन सक्छ भन्ने हेक्का राख्नुस् ।

दैनिक मानसखण्ड र मैले प्रस्तुत गरेका कुन मुद्दामा प्रक्रिया पु¥याइएको छ रु जैविक मार्गको ट्रयाक खोल्दा लागत इस्टिमेट र डिजाइनविना करोडौं खर्च गरियो, ग्राभेलमा पनि यस्तै भयो । जनताको करबाट उठेको रकम टन्न खर्च गर्ने अनि आफ्नो बहुमतमा रहेको कार्यपालिका वा वडासमितिबाट ताली पड्काउँदैमा त्यो अधिकारको प्रयोग हुँदैन, दुरुपयोग हुन्छ । र, याद राख्नुस् अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो ।

भीमदत्त नगरपालिकाभित्र मैले देखेका त्यस्ता भ्रष्टाचार दुई दर्जन छन् । र, त्यस्ता गैरकानुनी कामबारे सूचना आउने क्रम बढिरहेको छ । टेण्डर वा दरभाउपत्र आव्हान गर्ने पर्ने खरिदमा पनि मनमर्जी गरिएको छ । केही थान आफ्ना मान्छलाई पाल्न सार्वजनिक खरिद ऐनको धज्जी उडाइएको छ । म र दैनिक मानसखण्डले यसलाई क्रमवद्ध तरिकाले उठाउँदै लैजाने छौं । मैले वा दैनिक मानसखण्डले बार्गेनिङ चाहेको वा भीमदत्तलाई पारदर्शी र सुशासित गर्ने अभियान बीचैमा रोकिन्छ भन्ने भ्रम नपाल्न पनि अनुरोध गर्दछु । जहाँसम्म मेरो पार्टीको कुरा छ, भ्रष्टाचारका पक्षमा पार्टी लड्दैन । पार्टीको आडमा भ्रष्टाचार पखाल्न खोजे कार्यकर्तापंक्तिले नै सजाय दिनेछन् । यतिबेला केही बदनियत र कूकर्मबाट पार्टीलाई हुने क्षति रोक्नु असल कार्यकर्ताको कर्तब्य हो । तपाईहरु पनि पार्टीको असल नेता हो भने गलत काम रोक्नुस् र पार्टी बचाउनुस् । मैले बोलेर लेखेर गलत काम रोक्ने प्रयास मात्र गर्न सक्ने हो, तपाईहरु त रोक्न सक्ने ठाउँमा हुनुहुन्छ । अहिले नै रोक्न सक्नुभएन भने पछि दोषको भारी तपाईहरुले पनि बोक्नुपर्नेछ ।

नगरसभाको नौटंकीलाई तपाईहरुमध्ये केहीले समर्थन गर्दै हिंडिरहनु भएको खबर पनि पाएको छु । डेढ घण्टामा सकाइएको त्यो नगरसभामा न चालु आर्थिक वर्षको वास्तविक आय–व्यय प्रस्तुत गरियो, न त आगामी आर्थिक वर्षको अनुमान र योजनगत विनियोजन । नगरसभा जस्तो सम्मानित निकायलाई ताली पड्काउने थलो बनाउँदा पनि तपाईहरुमध्ये केहीलाई ठकिै लाग्नु आश्चर्यको कुरा हो । नयाँ आर्थिक वर्ष सुरु हुन लागिसक्यो तर हामी नगरवासीलाई न चालु वर्षको खर्च विवरण दिइयो, न त आगामी वर्षको अनुमान । के यहीको स्थानीय सरकार सञ्चालनको तरिका ?

यदी तपाईहरुलाई तेस्रो नगर परिषद उचित तरिकाले सम्पन्न भएको हो र स्थानीय संसदका रुपमा त्यसको अभ्यास गरिएको हो भन्ने लाग्छ भने जम्मा तीन प्रश्नको उत्तर दिए पुग्छ । पहिलो चालु आर्थिक वर्षको आय–व्यय विवरणमा नगरभरि ग्राभेलमा कूल कति खर्च भयो रु दोस्रो, आगामी आर्थिक वर्षमा मैले मेरो घरको कर कति तिर्नुपर्ने हो रु र, तेस्रो मेरो वडामा आगामी वर्ष कुन योजनाका लागि कति बजेट छुट्याइएको छ रु मलाई थाहा छ तपाईहरुलाई पनि यी प्रश्नको उत्तर थाहा छैन । यस्तो अचम्मको अवस्था पनि हुन्छ र रु नगरसभा सकिएको १० दिन पुगिसके पनि जनताले न यस वर्षको खर्च विवरण पाएका छन्, न आगामी वर्षको योजनागत विवरण । टोल, बस्ती र वडा भेला गरेर किन नौटंकी गरियो रु छ तपाईहरुसँग उत्तर रु आँखै चिम्लेर गलतलाई सही भन्ने तपाईहरुमध्ये केही कार्यपालिकाका सदस्यलाई जनताले चिन्न थालेका छन् । होसियार रहनुहोला, गलत कामको सती नजानु होला ।

कार्यपालिकाका सबै निर्णयहरुमा तपाईको जवाफदेहिता पनि मेयर वा उपमेयर सरह नै हुन्छ । भोलिका दिनमा अरुलाई दोष दिएर उम्कने कोसिस नगर्नुहोला । नगरको कोषको रक्षाका लागि मजस्ता सयौं व्यक्तिका आँखा तपाईहरुमाथि पनि नजर गाडेर बसेका छन् । त्यसैले, होस पु¥याउँदै काम गर्नुहोला । भ्रष्टाचारमा फसेकाले मरणोपरान्त पनि उन्मुक्ति पाउँदैनन् भन्ने सत्यलाई आत्मसात गर्नुहोला ।


About Author
-खेम भण्डारी

सम्बन्धित