७२८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १४ , ०६:४७ बजे

बेदकोटमा एसईईको परीक्षाफल यस्तो !

Image

– मानसखण्ड
महेन्द्रनगर, १४ असार । बेदकोट नगरपालिकाबाट गत वर्षको एसईई परीक्षामा सम्मिलित विद्यालयमध्ये धेरैको परीक्षाफल उत्साहजनक देखिएको छैन । दैनिक मानसखण्डले बुधबार सम्पर्क गर्न सकेका विद्यालयहरु मध्ये धेरैको परीक्षाफ उत्साहजनक नरहेको पाइएको हो ।

बैजनाथ माध्यामिक बिद्यालय गैलनदीबाट एसईई परीक्षामा सम्मिलित ३१ जनामध्ये ए ग्रेडमा एकजना पनि सफल भएन । प्रधानाध्यापक पदम बोहराका अनुसार सम्मिलित मध्ये बि प्लस ग्रेडमा एक जना र बी ग्रेडमा ७ जना सफल भएका छन् । त्यस्तै सिसैयास्थित भुवनेश्वरि माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी १ सय ९ विद्यार्थीमध्ये एक जनाले ए ग्रेड र ६ जनाले बी प्लस ग्रेड ल्याई सफलता प्राप्त गरेका प्रधानाध्यापक रणबहादुर गौल्लालले बताए ।

सुन्दरपुरस्थित उदयपुर माविबाट एसईई परीक्षामा सम्मिललित एक सय ५ जनामध्ये ए ग्रेडमा एक जना मात्र सफल भएका छन् । सिद्धनाथ मावि मुसेपानीका प्रधानाध्यापक खेमराज पाण्डेका अनुसार सो विद्यालयबाट ए ग्रेडमा विद्यार्थी सफल भएनन् । बी प्लसमा ५ जना सफल भएका उनले बताए ।

जडेपानीस्थित बैजनाथ माविबाट सहभागी कूल १ सय ३९मध्ये एकजनाले भने ए प्लसमा सफलता पाएका छन् । प्रधानाध्यापक थीरेन्द्रचन्द्र भट्टका अनुसार सो विद्यालयबाट ए ग्रेडमा दुईजना र बी ग्रेडमा ११ जना सफल भएका छन् ।

दैजीस्थित रत्न माविाट एसईई परीक्षामा सम्मिलित ३८ मध्ये बी ग्रेडमा २ जना र सी प्लसमा ८ जना सफल भएका प्रधानाध्यापक खड्कसिंह पालले बताए । बगुनस्थित सिद्धबैजनाथ माबिाट बी ग्रेडमा समेत परीक्षर्थी सफल नभएको पाइएको छ । सो विद्यालयबाट सी प्लसमा ६ जना र सी ग्रेडमा १६ जना सफल भएका छन् ।
धरमपुरस्थित सरस्वति माध्यामिक बिद्यालयबाटसम्मिलित ५८ परीक्षार्थीमध्ये बी प्लसमा २ जना मात्रै र बी ग्रेडमा ७ जना सफल भएका प्रधानाध्यापक जयदेव बडुले बताए ।

अंग्रेजी माध्यमको पनि हालत उस्तै
बेदकोट नगरपालिकाभित्र अंग्रेजी माध्यमबाट भनेर चलाईएका विद्यालयको एसईई नतिजा पनि कमजोर रहेको देखिएको छ । सिसैयास्थित अरनिको बोर्डि स्कुलाट सम्मिलित २८ मध्ये २ जानले मात्रै बी प्लस ग्रेडमा सफलता पाएका छन् । तर, शिशु विद्या मन्दिरका २५ परीक्षार्थीमध्ये ५ जनाले ए ग्रेड प्राप्त गर्न सफलता पाएका प्रधानाध्यापक राकेशबहादुर चन्दले बताए ।

बेदकोट नगरपालिकाको ज्ञान वाटिका बोर्डिङ स्कूलबाट सहभागी ६९ जनामध्ये ४ जनाले ए प्लस र २४ जनाले ए ग्रेड प्राप्त गरेका छन् । बेदकोट क्षेत्रका निजी स्कूलमध्ये यो सबैभन्दा राम्रो परिणाम हो ।


About Author
-मानसखण्ड