११६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १२ , ०५:४१ बजे

एसईई परीक्षाफल : कुन विद्यालयको सफलता कस्तो ?

Image

– मानसखण्ड
महेन्द्रनगर, १२ असार । गत वर्षको एसईईको परीक्षाफल प्रकाशित भएको २४ घण्टा नबित्दै सच्याइएपछि महेन्द्रनगर क्षेत्रमा विद्यालयहरुले आइतबार उपलब्ध गराएको परीक्षाफलमा पनि फेरबदल भएको छ ।

विद्यालयले दिएको जानकारी अनुसार इन्टरनेसनल पब्लिक स्कूलबाट ५४ विद्यार्थी ए प्लस ग्रेडका साथ सफल भएका छन् । इन्टरनेनलबाट परीक्षामा सम्मिलत एक सय २१ मध्ये विद्यार्थीमध्ये ५९ जनाले ए ग्रेड ल्याएका छन् भने बी प्लस ग्रेडसहित ६ जना, बी ग्रेडमा एकजना र सी प्लस ग्रेडसहित एक जना सफल भएका प्रवन्ध निर्देशक महा शर्मा न्यौपानेले बताएका छन् । इन्टरनेसनल पब्लिक स्कूलले विगतमा पाँच पटक लगातारसहित सात पटक क्षेत्रीय विद्या शिल्ड प्राप्त गरी सुदूरपश्चिकों सर्वोकृष्ट विद्यालयको उपाधि पाइसकेको छ ।

सुदूरपश्चिमकै पुरानो सामुदायिक विद्यालय कञ्चन बिद्या मन्दिरबाट एसईई–२०७४ मा ९० परीक्षार्थी सहभागी थिए । सहभागीमध्ये ९ जना ए प्लस ग्रेडमा र ११ जना ए ग्रेडमा सफल भएका छन् । त्यस्तै, विगतबाट नै एसईई परीक्षाफलमा उल्लेखनीय सफलता हासिल गर्दै आएको प्रभात विद्या निकेतनका ६ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने १८ जना ए ग्रेडमा सफल भएका छन् । उक्त विद्यालयबाट परीक्षामा ६१ विद्यार्थी सहभागी थिए ।

गड्डाचौकीसिथ्त भुवनेश्वरी बिधा मन्दिरबाट परीक्षामा सम्मिलत २६जनामध्ये ए ग्रेडसहित १० जना बी प्लससहित ९ जना र बीसहित ५ जना सफल भएका छन् । महेन्द्रनगरकै एक अर्को सफल विद्यालय लिटिल बुद्ध एकेडेमीबाट परीक्षा दिने एक सय ७ जनामध्ये १५ जनाले ए प्लस र ४८ जनाले ए ग्रेड प्राप्त गरेका छन् ।

ज्ञानदिप विद्या मंदिरबाट परीक्षामा सहभागी १७ जना मध्ये १० जनाले ए ग्रेड प्राप्त गरेका छन् भने भने ऐरीस्थित न्यू सरस्वति बिधा मन्दिरबाट सहभागी ३२ जनामध्ये ए प्लस ३ जनाले र ३ जनाले ए ग्रेड प्राप्त गरेका छन् ।

महेन्द्रनगरको अर्को स्थापित विद्यालय सनराइज पब्लिक सेकेन्डेरी स्कुलबाट सहभागी ५५ विद्यार्थीमध्ये १९ जनाले ए प्लस १६ जनाले ए ग्रेड प्राप्त गरेको प्रधानाध्यापक दिपक चालिसेले बताए । कटानस्थित ग्लोबल एकेडेमीले परीक्षामा ४३ विद्यार्थी सहभागी गराएको थियो । जसमध्ये ए प्लस २ जनाले प्राप्त गरेका छन् भने ए ग्रेड प्राप्त गर्नेको संख्या १२ जना रहेका प्रिन्सिपल सुरेन्द्र ओझाले जानकारि दिएका छन् । जानकी टोलको ग्वाल्लेक सेकेन्डेरी स्कुलका १८ सहभागी विद्यार्थीमध्ये २ जनाले ए प्लस र ३ जनाले ए ग्रेड प्राप्त गरेको पिन्सिपल दिपेन्द्र चन्दले बताए ।

त्यसै गरी अक्सफोर्ड नेसनल ऐकेडेमीबाट एसईईमा सम्मिलति १३ विद्यार्थीमध्ये ए ग्रेडमा २ जना सफल भएका ब्यबस्थापन समितिका अध्यक्ष गम्भिर चन्दले बताए ।

 

 


About Author
-मानसखण्ड

सम्बन्धित