१५११ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र २० , १४:२५ बजे

आरक्ष पीडितको बस्तीमा मन्त्री मगर

Image

महेन्द्रनगर । खानेपानी मन्त्री बिना मगर मंगलबार कञ्चनपुरका आरक्ष पीडितको शिबिरमा पुगेकी छिन् । आरक्ष पीडितलाई शुक्लफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले गहुँ चुट्न नदिएको विषयबारे आफु गम्भीर भएको बताउँदै मन्त्री मगर आरक्ष पीडितको बस्तीमा पुगेकी हुन् ।

मन्त्री मगरले ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त समाधान हुने बताइन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेतसंग कुराकानी गरिसकेको बताउँदै समस्या सामाधान हुने आवश्वासन दिइन् ।

‘मैले वन मन्त्री ज्युसँग कुरा गरिसकेकी छु, उहाँले गहुँ चुट्न दिन्छौ भन्नुभएको छ, ‘मन्त्री मगरले भनिन्, ‘आन्तरिक पत्राचारमा समय लागेको हुन सक्छ ।’ शुक्लाफाँटा निकुञ्जमा रुपान्तरण भएपछि निकुञ्ज क्षेत्रभित्र मेसिनले गहुँ चुट्न नपाइने भन्दै निकुञ्ज कार्यालयले आरक्ष पीडितलाई गहुँ चुट्न दिएको छ्रैन् ।

आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले समस्याको स्थायी समाधानका लागि पहल गर्न मन्त्री मगरसँग आग्रह गरे । अध्यक्ष भण्डारीले पीडितको पुर्नस्थापना प्रति सरकार गम्भिर नभएका कारण बषौंदेखि खुला आकासमुनी जीवन विताउनु परेको बताए ।

राजधानी फर्केपछि पीडितको समस्या दिर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने मन्त्री मगरले बताइन् । आरक्ष पीडितले मन्त्री मगरलाई २४ किलोको फुलमाला समेत पहिराएका थिए ।

आरक्ष पीडितले २४ सय ७३ परिवारको उचित व्यवस्थापनको माग गर्दै मन्त्री मगरलाई फुलमाला लगाएका थिए । आरक्ष व्यवस्थापनका लागि सरकारले २८ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन् ।


About Author
-मानसखण्ड