७६७ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र २० , ०९:१३ बजे

दैजी–जोगबुढा सडक खण्ड निर्माणमा वन मन्त्रालय बाधक

Image

महेन्द्रनगर। वन तथा वतावरण मन्त्रालयाबाट रुख काटानीको अनुमती नपाउँदा कञ्चनपुर र डडेल्धुरालाई जोड्ने द्रुत मार्गका रुपमा रहेको दैजि–जोगबुढा सडक खण्ड निर्माणमा ढिलाई भएको छ ।

सडक खण्डमा पर्ने रुख कटानिका लागि वन मन्त्रालयबाट निर्माण कम्पनीले रुख कटानीको अनुमति नपाउँदा निमार्ण कार्यले गति लिन नसकेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्रबहादुुर शाहीले बताए ।

उनका अनुसार उक्त सडक खण्डमा पर्ने १ सय ३५ रुख कटानिको अनुमति वन तथा वातावरण मन्त्रालयमा पहल गरिए पनि मन्त्रालयले सुनवाई नगर्दा सडक निर्माणमा ढिलाई भइरहेको हो । ‘पहिलो चरणको आईई प्रतिवेदनमा ५२ रुख मात्रै थिए, सोहि अनुसार मन्त्रालयले रुख कटानीको आदेश दियो, तर, पछि ईलाका वन कार्यालय बेदकोटले सडकखण्डमा १ सय ३५ रुख रहेको प्रतिवेदन सार्वजनिक गर्‍यो,’ शाहीले भने ।

ईलाका वन कार्यालय बेदकोटले १ सय ३५ रुख सडक खण्डमा रहेको प्रतिवेदन सार्वजनिक गरेपछि फेरी रुख कटानी लागि वन मन्त्रालयसँग अनुमति लिनु परेको सूचना अधिकारी शाहीले बताए । उनका अनुसार गत बैशाखमा नागार्जुन निर्माण कम्पनी र सडक डिभिजन कार्यालकाबिचमा दैजी जोगबुढा सडकको ठेक्का सम्झौता भएको थियो ।

बैशाखमा सडक निर्माणको काम सुरु भएपनि अहिलेसम्म २० प्रतिशत मात्र काम भएको सूचना अधिकारी शाहीले बताए । उनका अनुसार १६ किलोमिटर सडकखण्डमा अहिले रुख नभएको ठाँउमा सडक खोल्ने तथा विस्तार गर्ने कार्य भईरहेकोे छ ।

नागार्जुन निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडकखण्ड २०७६ साउनसम्म सक्ने लक्ष्य लिएकोे सूचना अधिकारी शाहले बताए । निर्माणको जिम्मा पाएको नागार्जुन निर्माण कम्पनिका सञ्चालक ईश्वरी भट्टले रुख कटानि आदेश नपाउँदा सडक निर्माण कार्यमा समस्या भएको बताए ।

उनले रुख नभएको ठाँउमा सडक मार्ग खोल्ने तथा चौडा बनाउने कार्य भईरहेको बताउँदै ‘वन तथा वातावरण मन्त्रालयबाट सडक खण्डमा पर्ने रुख काट्ने आदेश नभएकोले निर्माण सुस्त गतिमा भईरहेको छ’ उनले भने । सडक डिभिजन कार्यालयका सूचना अधिकारी शाहीका अनुसार १८ करोड ४५ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ३
करोड ५० लाख रुपैयाँ खर्च भईसकेको छ ।

‘बजेट अभाव भएको भन्दै केन्द्रबाट नै बजेट निकासा नहुदाँ निर्माण पक्षलाई १ करोड ५० लाख रुपैयाँ अझै भुक्तानि गर्न बाँकी छ’ सूचना अधिकारी शाहीले भने । वन तथा वातावरण मन्त्रालयको वन उद्यम महाशाखाका सहायक वन अधिकृत लोकनाथ शर्माले नयाँ सरकार बनेकाले रुख कटानि आदेश संसदमा प्रस्ताव नै नभएको बताए ।

उनले यस विषयलाई प्राथमिकतामा राखेको बताउँदै ‘नयाँ संघिय प्रणाली अन्तर्गगत सरकार बन्ने क्रममा मन्न्त्री परिर्वतन भएपछि थुप्रै संसदिय मुद्धाहरु हुुदाँ थन्किएका छन्, सम्बन्धित मन्त्रीबाट प्रस्ताव नै माग भएको छैन्’ उनले भने । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सदस्य नरबहादुर धामीले रुख कटानि आदेशका विषयमा बुझ्न वन तथा वातावरण मन्त्रालय जाने बताए । ‘यस विषयमा मन्त्रालय गएर बुझेर निर्माण अगाडी बढाउन पहल गर्छु,’ उनले भने ।

महेन्द्र रार्जमार्गका ९ कलभर्ट निर्माण हुँदै

गत वर्ष चौडा पारिएको महेन्द्र राजमार्ग क्षेत्रमा ९ वटा कलभर्ट हुँदै छन् ।सडक डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महेन्द्रनगर बसपार्कबाट पुर्व क्षेत्रतिर करिब ७ किलोमिटर सडक चौडा गरेको थियो । सोही क्षेत्रमा सडक डिभिजन कार्यालयले कलभर्ट निर्माण गर्ने सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शाही बताए ।

उनका अनुसार लालपुर कोल्डस्टोरदेखी महेन्द्रनगर बस पार्कसम्म ९ वटा कलभर्ट निर्माण हुँदै छन् । कलभर्ट निर्माणका लागि ६ करोड रुपैयाँमा ठेक्का प्रक्रिया सुरु भएको डिभिजन कार्यालयका सूचना अधिकारी शाहीलले बताए ।