१६०५ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र १८ आइतबार, १८:२९ बजे

विराटनगरविरुद्ध महेन्द्रनगरको शानदार जित

Image

महेन्द्रनगर । महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले धनगढी प्रेमियर लिग डीपीएल क्रिकेटमा विजयी सुरुवात गरेका छन् । धनगढीस्थित संघीय प्रहरी ईकाईको क्क्ए क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई ३३ रन र अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरे ।

महेन्द्रनगरले दिएको १ सय ६९ रनको उच्च लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा मात्र १ सय ३५ रनमा समेटियो । पृथु बाँस्कोटाले ३५ रन बनाउदा बाबर हायत ३२, अनिल साह २३, क्याप्टेन पारस खड्का १६ र दिलिप नाथ १० रनमा आउट भए । विराटनगरलाई सस्तैमा समेट्न अविनाश कर्णले ३ तथा भुवन कार्की, पुनित मेहरा र रोबिन क्षेत्रीले समान २–२ विकेट लिए ।

थप विकेट हरिशंकर साहको नाममा रह्यो ।   यसअघि टस जितेर पहिले व्याटिङ गरेको महेन्द्रनगरले विराटनगर सामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्याप्टेन बिनोद भण्डारीले ३५ र पुनित मेहराले १८ बलमा नटआउट ३८ रन जोडे । रामनरेश गिरीको अन्तिम ओभरमा पुनितले २४ रन बनाएका थिए । विराटनगरका लागि मञ्जित श्रेष्ठले २ विकेट लिए । कान्तिपुरबाट


About Author
-मानसखण्ड