२९५ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र १८ , १०:५२ बजे

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Image

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाका अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिए ।

उनलेले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको छ ।

साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहुँदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताए ।

जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले बताए ।
मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।