७७८ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र १८ , १०:२० बजे

गड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

Image

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गडचौकीले चालु आर्थिक बर्ष २०७४/७५ को चैतसम्म लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार कार्यालय गड्चौकीले चालु आर्थिक बर्षको साउनदेखि चैतसम्म २० करोड ९७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार अधिकृत रामप्रसाद पोखरेलले बताए । उनका अनुसार कार्र्यालयले यस अवधिका लागि २०
करोड ४६ लाख १० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो ।

सबैभन्दा बढी राजश्व संकलन कात्तिकमा भएको पोखरेल बताए । उनका अनुसार चालु आर्थिक वर्षको साउनमा सबैभन्दा कम ९९ लाख ४० रुपैयाँ संकलन भएको छ । भन्सार कार्यालयले भाद्र महिनामा २ करोड ७६ लाख ४१ हजार, असोजमा २ करोड ६३ लाख २५ हजार, कार्तिकमा २ करोड ८४ लाख ४५ हजार, मंसिरमा ३ करोड २३ लाख ८८ हजार संकलन गरेको भन्सार अधिकृत पोखरेलले बताए ।

उनले पुसमा ३ करोड ६६ लाख २६ हजाररुपैयाँ, माघमा २ करोड ६६ लाख २६ हजार र फागुनमा २ करोड ५५ लाख ३१ हजार रुपैयाँ संकलन गरेको बताए । ‘यस चालु आर्थिक वर्षमा ३२ करोड ४६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएका छौं,’ अधिकृत पोखरेलले भने ।

निर्यातभन्दा आयात बढी
कञ्चनपुर भन्सार कार्यालय गडचौकीबाट तरकारी तथा फलफूललगायतका सामान निर्यातभन्दा आयात बढी हुने गरेको भन्सार कार्यालयका भन्सार अधिकृत पोखरेलले बताए ।उनका अनुसार चालु आर्थिक वर्षमा विभिन्न २२ प्रकारका वस्तु आयात भएका छन् भने ११ वस्तु निर्यात भएका छन् ।

चालू आर्थिक वर्ष २०७४÷०७५ को माघ मसान्तसम्म ८६ करोड ७० लाख ५ हजार रुपैयाँका कम्मल आयात भएको उनले बताए । ‘४९ करोड ३ लाख ३० हजार रुपैयाँका गारर्मेन्ट आयात भएका छन्,’ उनले भने । त्यस्तै डस्ना, तन्ना, स्र्पोट उनी गलैँचा, प्लास्टिकमा समान, स्याउ, तयारी कपडा तामाका घरेलु भाँडाकुँडा, तरकारी, सल, दोसल्ला, घातुका मूर्ति, सुर्ती, माछाका भुरा,  अटोरिक्सा, श्रृंगारका समान पाल त्रिपाल ग्लेज टायल आयात गरिएका छन् ।

निर्यातमा हस्तकलाका समाग्री, जैविक तेल, जटिटबुटी निर्यात भएका छन् । हस्तकलाका समाग्री १० करोड २७ लाख १ हजार रुपैयाँका निर्यात गरिएको छ, भने ३७ करोड ३३ लाखको जैविक तेल निर्यात गरिएको बताइएको छ ।