१०५८ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र ०१ , १२:४० बजे

बसको ठक्करबाट एक जनाको मृत्यु

Image

महेन्द्रनगर। महेन्द्रनगरमा बसको ठक्करबाट एक जनको मृत्यु भएको छ । भरतको दिल्लीदेखी काठमाण्डौ गईरहेको मञ्जुश्री यातायातको बा ४ ख २३८९ नं बसको ठक्करबाट दार्चुला महाकाली नगपालिका वडा–३ घर भई हाल भिमदत्त नगरपालिका–५ बनखेत बस्ने बिरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए ।

उनका अनुसार मृतकको शब महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।

 


About Author
-मानसखण्ड