१८४८ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २८ , ११:२५ बजे

किशोरीलाई छोडेर युवक फरार

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिका हल्दुखालकी एक किसोरीलाई सोमबार बिहान करिब ९ बजेतिर २ जना युवकले से३प १९८८ नम्बरको मोटरसाईकलमा फिल्मीशैलीमा ल्याएर वडा नम्बर १३ बरमी चौराहमा छोडेर भागे । किसोरीलाई बरमी चौराहमा छोडेर  युवक भागेपछि किसोरी अचेत परिनन् । किसोरी अचेत अवस्थामा परेपछि स्थानीयले प्रहरीलाई खबर गर्‍यो ।

प्रहरीले खबर पाएपछि प्रहरी पोष्ट झोलुङ्गेको प्रहरी घट्ना स्थल पुग्यो । प्रहरीले किसोरीलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्‍यायो । किसोरीको अहिले अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । उनका अनुसार किसोरीलाई बरमी चौराहमा छाडेर भाग्ने  युवकहरुको खोजी भइरहेको छ । 


About Author
-मानसखण्ड