१५४० पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण १६ बुधबार, १२:४४ बजे

ढिलासुस्तीेको नमुना : महेन्द्रनगर सिटी हल

Image

महेन्द्रनगर । महेन्द्रनगरमा निर्माणधिन महेन्द्रनगर सिटीहलको् निर्माण पाँचौ पटक म्याद थपिदाँ पनि निर्माण सम्पन्न नहुने देखिएको छ । सिटी हल निर्माणको अन्तिम चरणमा पुगे पनि विद्युत जडान गर्नमा समस्या देखिएकोले समयमै निमार्ण नहुने संकेत देखिएको छ ।

सिटी हलका लागि थी्र फेल लाईनको आवश्यकता पर्ने भएकोले त्यसको  ट्रान्समिटर खरिद पक्रियामा जादाँ निर्माण कार्य लम्बिने महेन्द्रनगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टले बताए । उनले विद्युत लाईन जडानका लागि ट्रान्समिटर खरिद बाहिरबाट गर्नु पर्ने भएकोले निर्माण कार्य सम्पन्न हुन समय लाग्ने उनले बताए ।

साथै समय समयमा नगर विकास समिति परिर्वतन र कांग्रेस पक्षको असहयोगका कारण निर्माणमा ढिलाई भएको बताउदैँ ‘ सिटी हल निर्माणमा का्रग्रेस साथिहरुले निर्माण कार्य साथ नदिई निर्माण कार्यमा अवरुद्ध गरेकाले पनि निर्माणमा ढिलाई भयो’ उनले भने । त्यस्तै महेन्द्रनगर विकास समितिले निर्माण गरिरहेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको ईन्जिजियर मोहन देव भट्टले बताए ।

उनका अनुसार सिटी हलको निर्माणको सबै भौतिक संरचना निर्माण भईसको र फिनिसिङ केहि मात्र बाँकी छ । अहिले गेट, सिसा, पार्क, गेटदेखि हलसम्म सडक निर्माण, विद्युत जडान लगायत फिनिसिङ्ग,को काम भईरहेको छ । साथै सिटी हलका लागि थी्र फेजको विद्युत लाईन आवश्यक परेकाले त्यसका लागि विद्युत कार्यालयसँग पहल भईरहका विद्युत जडानमा केहि समय लाग्न सक्ने उनले बताए ।

सुदूरको गौरबको रुपमा रहेको अत्याधुनिक हल निर्माण भएपछि ठुला सेमिनार, गोष्ठी, सभा समारोह, सम्मेलनका कार्यक्रम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महेन्द्रनगर सिटी हलमा सभाहल, बालकोनी, मिनी हल, स्टेज लगायतका हल रहेका छन् । सिटी हलमा १ हजार जना अट्ने एउटा सभागृह, २ सय जना अट्ने बालकोनी, ८ सय जना अट्ने मुख्य हल, २ सय जना अटाउने मिनि हल र ड्रेसिङ रुम निर्माण गरिएको ईन्जिनियर भट्टले बताए ।

२०६५ सालबाट निर्माण कार्यसुरु गरिएको भएपनि समयमै निर्माण कार्य पुरा नहुदाँ अहिलेसम्म पाँच पटक म्याद थप भईसकेको छ । २ वर्ष ६ महिनामा सिटी हलको निर्माण गरिसक्ने लक्ष्य लिइएपनि सम्पन्न हुन नसकेपछि दोस्रो पटक २०६८ जेठ २ गते ६ महिनाको अवधिमा निर्माण गर्ने गरी समय थप गरिएको थियो ।

दोस्रो पटकको समय अवधिमा पनि निर्माण गर्न नसकेपछि तेस्रो पटक २०६८ असोज २९ गते ३ महिना समय थप गरिएको थियो । तर, तेस्रो पटक पनि सिटी हल निर्माण हुन नसकेपछि २०६९ पुस १ गते चौथो पटक समय थप गरिएको थियो ।

चौथो पटकको लक्ष्य पूरा नभएपछि २०७२ साउन १३ गते समय थप गरियो । तर, निर्माण नसकिएपछि २०७३ कात्तिक २७ गते समय थप गरेर २०७४ जेठ मसान्तमा निर्माण कार्य सक्ने लक्ष्य लिएर काम भइरहेको नायब सुब्बा पुष्पराज भट्टले बताए ।

सिटी हल निर्माणका लागि ८ करोड ९३ लाख ५२ हजार १ सय २ श्याम सुन्दर गौरी पार्वती जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको छ । अहिलेसम्म सिटी हल निर्माणमा ७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

 


About Author
-मदन गिरी

सम्बन्धित