११४६ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण ११ , १०:४१ बजे

हात्तीको आतंक, ४ दिनमा २५ टहरा ध्वस्त

Image

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा हात्तीले आतंक मच्चाएको छ । शुक्लाफाँटा र बेलडाँडी गाउँपालिकाको विभिन्न स्थानमा रहेका आरक्ष विस्थापितका सिविरमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको हो ।

ढक्का र तारापुर सिविरमा बस्दै आएका आरक्ष विस्थापितका २१ टहरा भत्काएको एक साता नबित्दै फेरी बेलडाँडी गाउँपालिकाका ४ आरक्ष विस्थापित परिवारका टहरा भत्काएको छ । बेल्डाँडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अम्मरसिंह खत्रीले आरक्षबाट विस्थापित भएका धौले भट्ट, मानवती भट्ट, सपना सुनार, हरि सुनारका घर भत्काएको बताए ।

टहरा भत्काउनुका साथै हात्तीको बथानले भाँडाकुण्डा अन्नबाली समेत नष्ट गरेको आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । ‘हामी भागेर बाँच्यौँ, हात्तीले घर भत्काइ दियो, अन्नबाली खाईदियो ।’ अध्यक्ष भण्डारीले भने । उभनक अनुसार हात्तीको बथानले ११ जनाको झण्डै ५/७ विगाह जमिनमा लगाएको गहुबाली नष्ट गरेको छ ।

विक्रम सम्वत् २०५८ सालमा शुक्लाफाँटा निकुञ्ज विस्तार गर्ने क्रममा विभिन्न स्थानबाट विस्थापित गराएका आरक्षपीडितको पुर्नस्थापना नहुँदा निकुञ्ज, जंगल, खोलानाला छेउछाउमा बस्दै आएको अध्यक्ष भणडरीले बताए ।


About Author
-मानसखण्ड